मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
मुख्य समाचार   

एनआरएनए अमेरिकाको १३औँ साधारण सभामा मेम्बरसीप ड्राइभका सम्बन्धनमा विशेष छलफल हुने

एनआरएनए अमेरिकाको १३औँ साधारण सभामा मेम्बरसीप ड्राइभका सम्बन्धनमा विशेष छलफल हुने


यति बेला गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसि), अमेरिका आफ्नो ‘१३औं साधारण सभा तथा ज्ञानसम्मेलन’ सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ तयारीमा जुटिरहेको छ। आइसिसिको भूमिका, आधिकारिकता र अस्तित्वका सवालमा विश्वभर उब्जिरहेको अन्योलताले एनसिसि माथी पनि प्रश्न चिन्ह खडा भइरहेकैबिच, साधारण सभालाई उत्सवका रुपमा मनाउदै सक्दो फलदायी बनाउने गरी तयारीमा एनआरएनए, एनसिसि, अमेरिका जुटिरहेको छ।

संस्थाको विधान अनुसार गर्न लागिएको आसन्न साधारण सभाको दोश्रो दिन अर्थात जुलाई १४ तारिख आइतबार हुने ‘बन्द सत्र’, नितिगत र कार्यगत दृष्टिकोणले विशेष महत्वपूर्ण रहने संघका महासचिव राम हरि अधिकारीले बताए। उनले दिएको जानकारी अनुसार उक्त साधारण सभाको बन्द सत्रमा संस्थालाई नितिगत र कार्यगत रुपमा थप चुस्त, दुरुस्त र चलायमान राख्न, समय र परिस्थिति अनुकूल आवश्यक ठानिएका विषयहरु उपर छलफल गरी विधान संशोधन गर्ने तयारी भइरहेको छ। त्यसका लागि संघका महासचिव रामहरि अधिकारीको संयोजकत्वमा गठित विधान संशोधन समितिले आफ्नो जिम्मेवारी अनुसार आवश्यक काम गरिरहेको संस्थाले जनाएको छ।

उक्त समितिले विधानमा आवश्यक संशोधन गर्नका लागि संघका सदस्यहरु, च्याप्टर अध्यक्षहरु, सल्लाहकारहरु, विभिन्न आन्तरिक विभागहरु, विज्ञहरुलगायतसंग राय सुझावहरु संकलन गर्नुका साथै आवश्यक छलफल र परामर्श गरिरहेको कुरा विधान संशोधन समितिका संयोजकसमेत रहेका संघका महासचिव अधिकारीले जानकारी दिए। उनका अनुसार बन्द सत्रमा विधान संशोधनका लागि ‘मेम्बरसीप ड्राइ’ले विशेष प्राथमिकता पाउने भएको छ। यस अघि ‘मेम्बरसीप ड्राइभ’ आइसिसिको अगुवाइमा गरिएको तर वर्तमान अवस्थामा आइसिसिको आधिकारिक अवस्था र भूमिका अन्योलग्रत रहेकाले उक्त कार्य आफ्नै मातहत र अगुवाइमा हुने गरी आफ्नै विधानमा आवश्यक व्यवस्था गर्ने उद्देश्यले साधारण सभामा प्रस्ताव लैजाने तयारी भइरहेको महासचिव अधिकारीले बताए।

सदस्यहरु संस्थाका लागि मेरुदण्ड भएको र ‘मेम्बरसीप ड्राइभ’ संस्थाको एक अत्यन्त महत्वपूर्ण कार्य रहेको तर आइसिसिको वर्तमान अन्योलताको अवस्थाले गर्दा विगतको अभ्यास अनुसार उक्त कार्यलाई अघि बढाउन बाधा पुग्ने भएकाले, विधानमै संशोधन गर्नु पर्ने अपरिहार्यता रहेको उनको जिकिर छ। वर्तमान विधानमा भएको व्यवस्थाका कारण काम गर्ने दौरानमा विभिन्न बाधा अर्चनहरु बेहोर्नु परिरहेको स्मरण गर्दै महासचिव अधिकारीले उक्त बाधा अडकाउ फुकुवाउका लागि सम्बन्धित व्यवस्थाहरुको वर्तमान अवस्थाको पुनरवलोकन गर्ने, संस्थागत आन्तरिक नियुक्तिहरुलाई थप स्पस्ट गर्ने, अधिकार र जिम्मेवारीहरुलाई थप स्पष्ट पारेर जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयहरुलाई प्राथमिकताका साथ समेटेर विधान संशोधनका लागि प्रस्तुत गर्ने गरी आवश्यक तयारी भइरहेको उनले जानकारी दिए।

महासचिव अधिकारीका अनुसार विधान संशोधनका लागि राय सुझावहरु संकलन गर्ने कार्य भइरहेको र उक्त राय सुझावहरुलाई कार्यसमितिको बैठकमा छलफल गरी अन्तिम रुप दिएर पारित गर्नका लागि साधारण सभामा प्रस्तुत गरिने तयारी गरिएको छ। त्यसैगरी, बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पारितका लागि प्रस्ताव गरिने र अन्य केही विशेष प्रस्तावहरु प्रस्तुत गर्ने गरी तयारी भइरहेको महासचिव अधिकारी बताए। उनले आसन्न साधारण सभा संस्थागत विकास र व्यक्तिको वृति विकासका दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण रहेकाले सम्पूर्ण सदस्यहरुलाई सहभागी भइदिन अनुरोध गरेका छन्। उनले आइसिसिको वर्तमान अन्योलताका कारण संस्थाप्रति उब्जिएका अविश्वास र आशंकाहरुकैबिच हुन गइरहेको साधारण सभा, उक्त अविश्वास र आशंकाहरुलाई चिर्दै संस्थागत, नितिगत र कार्यगत दृष्टिकोणले सफल रहने विश्वाससमेत व्यक्त गरे।

१३औँ साधारण सभा एवं ज्ञानसम्मेलन आउँदो जुलाई १३ र १४ तारिख शनिबार र आइतबारका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोर सिटीको 1100 Cromwell Bridge Rd, Towson, MD 21286 स्थित Holiday Inn Express Towson मा हुँदैछ। संघले दिएको जानकारीअनुसार जुलाई १२ तारिख शुक्रबार च्याप्टर नाइट (च्याप्टर अध्यक्षहरुसँग भेटघाट तथा बैठक) गर्ने, १३ तारिख शनिबार साधारण सभा एवं ज्ञानसम्मेलनको उद्घाटन तथा विज्ञहरुसहितको ज्ञानसम्मेलन गर्ने र १४ तारिख आइतबार बन्द सत्र गरी साधारण सभा सम्पन्न गर्ने गरी कार्यक्रमको कार्यतालिका बनाइएको छ।