मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
टेक्सस   

टी २० विश्वकप: हिमालयखवर समाचार प्रभाव

टी २० विश्वकप: हिमालयखवर समाचार प्रभाव

नेपाली टोलीलाई खेल बाहेकका कार्यक्रममा सहभागी नहुन र नगराउन ध्यानाकर्षण


अमेरिका-राष्ट्रिय खेलकुल परिषद (राखेप)ले भईरहेको टी २० विश्वकप क्रिकेट खेल्न आएको नेपाली राष्ट्रिय टिम र पदाधिकारीलाई मिट एण्ड ग्रिट जस्ता कार्यक्रममा सहभागी नहुन र सम्पुर्ण ध्यान पुर्णरुपले खेलमा केन्द्रित गर्न ध्यानाकर्षण गराएको छ ।

अमेरिकाको डलासमा गत मंगलवार भएको खेल अघि नेपाली क्रिकेट टोली र पदाधिकारी यस्तै मिट एण्ड ग्रिट कार्यक्रममा सहभागी भएका थिए । यस वारेमा हिमालयवखर खवरले समाचार टी २० विश्वकप : नेपाली खेलाडी र क्यानका पदाधिकारीले खेल अघि देखाएको हेलचेक्र्याई (भिडियो रिपोर्ट) सार्वजनिक गरेको थियो । डलासमा खेलाईएको उक्त म्याचमा नेपाल निदरल्याण्डसंग हारेको थियो । नेपालको अपेक्षा गरे अनुसार भएको थिएन ।

राखेपले नेपाल क्रिकेट संघ (क्यान)लाई पठाएको पत्रमा विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पुर्ण रुपले केन्द्रित भई उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षण लगायतका कार्यहरु गर्नुपर्ने समयमा नेपाली समाजको नामा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका मिट एण्ड ग्रिट कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरुलाई सहभागी गराउनाले टिमको व्यावसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

राखेप खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले उक्त पत्र क्यानलाई पठाएका हुन् । राखेपले पत्रमा मार्फत अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनै पनि खालका कार्यक्रममा सहभागी नहुन नगराउन तथा आफ्नो खेलमा पुर्ण रुपमा केन्द्रित भई आवश्यक कार्यका लागि क्यानलार्य निर्देशन समेत दिएको छ ।

डलासमा खेल हुनु अघि क्यानका अध्यक्ष लगायत पदाधिकारी लोकल स्पोर्टस् वार, स्थानिय नेपाली समुह लगायतले आयोजना गरेका कार्यक्रममा पुगेका थिए । क्यानका पदाधिकारीको हाउभाउ प्रति स्थानियहरुले देशको लागि महत्वपुर्ण म्याच खेल्न नभई घुमघामका लागि आएको जस्तो देखिएको टिप्पणी गरेका थिए । यस्ता कार्यक्रम गर्न पैसासमेत उठाईएको थियो ।

विवाद आएपछि नेपाल सरकारले डलासमा आयोजित खेलका सन्दर्भमा अघि भएका गतिविधिका वारेमा वासिंटन स्थित नेपाली दुतावाससंग पनि जानकारी मागेको थियो ।

नेपालले अर्को खेल श्रीलंकासंग आउने साता अमेरिकाको फ्रलोरिडामा खेल्दै छ ।