मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

काउन्सिल सदस्य पौडेलको शपथ

काउन्सिल सदस्य पौडेलको शपथ


ड्यालस (अमेरिका) । युलेस सिटी काउन्सिलमा पुनः निर्वाचित सदस्य टीका पौडेलले आफ्नो दोस्रो कार्यकालको मंगलबारदेखि औपचारिक रुपमा वहाली गरेका छन् ।

मंगलबार साँझ विशेष समारोहबीच युलेस सिटी सभा हलमा सिटीकी सचिव किम सटरले पौडेललाई शपथ गराएकी हुन् । पौडेल गत महिना सम्पन्न सिटी काउन्सिलको निर्वाचनमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् । अघिल्लो तीन वर्षे कार्यकाल पुरा गरेका पौडेलको सकृयता देखेर कसैले पनि उनको ठाउँमा उम्मेदवारी दर्ता गराएनन् ।

त्यसले गर्दा पौडेल निर्विरोध रुपमा निर्वाचित भएका हुन् । पौडेल टेक्सस राज्यभरिमा नेपाली समुदायबाट निर्वाचित पहिलो जनप्रतिनिधि हुन् । युलेस सिटी ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको मध्यभागमा पर्ने ठाउँ हो । यो सिटीमा नेपाली समुदायको निकै ठूलो बसोबास रहेको छ । सिटीकी मेयर लिण्डा मार्टिनले पोडेलको दोस्रो कार्यकाल अझै सफल हुने आशा व्यक्त गर्दै शूभकामना व्यक्त गरेकी छिन् । शपथ ग्रहण कार्यक्रममा नेपाली समुदायका अगुवाहरुको पनि उपस्थिती थियो ।