मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

ड्यालसको आध्यात्मिक महोत्सव अन्तिम चरणमा

ड्यालसको आध्यात्मिक महोत्सव अन्तिम चरणमा


ड्यालस (टेक्सस) । पशुपतिनाथ मन्दिर, बुद्ध स्तुप सहितको सामुदायिक केन्द्र निर्माणको उद्वेश्यले आउँदो अप्रिल ९ देखि ड्यालसमा हुन लागेको आध्यात्मिक महोत्सव अन्तिम चरणमा पुगेको छ ।

अहिले रहेको मन्दिरले भक्तजन तथा समुदायको उत्साहलाई धान्न गाह्रो भएपछि वास्तविक पशुपतिनाथकै स्वरुपको मन्दिर र काठमाडौंको बौद्धकै आकार प्रकारको स्तुप निर्माण गर्ने लक्ष्य साथ नवाह महायज्ञ हुन लागेको हो । ‘नवाहको लगभग अन्तिम तयारीमा हामी छौँ, मण्डप बनाउने, साउण्ड सिस्टम लगायतमा हामी केन्द्रित भएका छौ’ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका उपाध्यक्ष छबी चापागाईले भने ।

अहिलेसम्म नवाह महायज्ञको लागि एकसय ७५ जना कर्ताका रुपमा बस्ने प्रतिवद्धता जनाएर शुल्क तिरिसकेका छन् । कर्ताको लागि एकहजार डलर सहयोग शुल्क राखिएको छ । त्यस्तै एकहजार कलशमध्य अहिलेसम्म ५ सय ५० वटा गैसकेको छ । महायज्ञको कलश लिनका लागि ड्यालस फोर्टवर्थका नेपाली समुदायले निकै चासो दिएका छन् ।
नवाह महायज्ञको लागि पाँचहजार निम्तापत्र सहितको बक्स नेपाली समुदायका घरघर, अपार्टमेन्टहरुमा पु¥याइसकिएको समेत चापागाईले भने । ‘अझै धेरेको घर ठेगाना स्पष्ट रुपमा प्राप्त नहुँदा निम्तोपत्र नपुगेको गुनासो आएको छ । निम्तोपत्र प्राप्त नपुगेको भएपनि नेपाली समुदायको यो महान अभियानमा सबैको उपस्थिती र सहभागिताको अपेक्षा राखेका छौैँ’ उनले आव्हान गरे ।

निम्तोपत्र पुगेकाहरु मात्र सहभागी हुन पाउने हो कि भन्ने जिज्ञासा र चासो धेरेको छ । यो सन्दर्भमा उपाध्यक्ष चापागाईले भने–‘निम्तो हुने, नहुने सबैलाई स्वागत छ । निम्तोपत्र प्राविधिक कारणले सबैसम्म पुग्न नसकेको मात्र हो । प्राप्त भएपनि नभएपनि सबैजना उत्तिकै रुपमा सहभागी हुन पाउनुहुनेछ । यसमा भेदभाव हुने, पूजा गर्न नपाइने भन्ने होइन । मात्र कर्ता हुनेले नौ दिननै पुरा समय दिएर पूजामा सरिक हुनुपर्नेछ ।’

नेपालीहरुले गर्व गर्ने सामुदायिक केन्द्र सहितको मन्दिर र स्तुप बनाउने अभियान अन्तरगत महायज्ञ आयोजना हुन लागेको हो । पण्डित दीनबन्धु पोखरेल सहित ९ जना पण्डितहरुको टोलीले हरेक दिन दिउँसो १ बजेदेखि ७ बजेसम्म कथा वाचन गर्नेछन् । बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम साँझ ८ बजे आरती पश्चात समापन हुनेछ ।
अप्रिल ९ तारिकमा सुरु हुने महायज्ञ १७ तारिकमा समापन हुनेछ । त्यही बीचमा रामनवमी, नेपाली नयाँ वर्ष २०८१ को सुरुवात समेत परेको छ । समापन अप्रिल १७ मा हिन्दुहरुको पर्व रामनवमी परेको छ ।