मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

लायन्सको क्यान्सर सचेतना कार्यक्रम

लायन्सको क्यान्सर सचेतना कार्यक्रम


टेक्सस । अर्भिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स क्लब र कमल शर्मा फाउण्डेशनको संयुक्त आयोजनामा क्यान्सर सचेतना कार्यक्रम शनिबार सम्पन्न भयो ।

फ्लावर माउण्डको वेलिङ्गटन कम्युनिटी हलमा भएको कार्यक्रममा बच्चाहरु, वयस्क तथा वृद्धहरुलाई कसरी, कुन उमेरमा क्यान्सर लाग्छ, कसरी बच्न सकिन्छ र क्यान्सर भइहालेमा कसरी बच्ने र सहुलियत रूपमा औषधोपचार गर्ने वारेमा जानकारी दिइएको थियो ।

कार्यक्रमको सुरुमा लायन्स डिस्ट्रीक २ – एक्स वन की संयोजक डा. विष्णुमाया उपाध्यायले बच्चाहरुको क्यानसर रोगका बारेमा जानकारी दिइन् । त्यसैगरी कार्यक्रमको अर्को चरणमा डा. विनिता खरेल नेपाल, डा. विष्णुमाया उपाध्याय, फर्माशिष्ट डा. लक्ष्मण वाग्ले र पार्कल्याण्ड हेल्थकी निर्मला लामिछानेले क्यान्सर रोग वारेका विविध प्रश्नहरुमा उत्तर गर्दै सहभागीका प्रश्नहरुको पनि जवाफ दिएका थिए I

अर्को रहस्यमय र क्यानसरको वास्तविकता महशुस गर्दै गरेका दुइ नेपाली विद्यार्थी महिलाहरुले पनि आफ्ना कुरा दर्शक सामु राख्दा सबै भावुक बनेका थिए । कार्यक्रममा क्लवले संचालन गरेको फण्डरेज अन्तरगत संचालन गरेको राफल चिठ्ठाको नतिजा पनि प्रकाशन गरिएको थियो I

नतिजा प्रकाशनको लागि लायन्स डिष्ट्रीक २ एक्स वनका गर्भनर प्रकाश गौतम, पूर्व डिष्ट्रीक गर्भनर इस्मेरेल्डा रोड्रिगेज, फस्ट डिष्ट्रिक गर्भनर राधाकृष्ण काफ्ले, जोन चियर सुरेश वस्याल लगायत विभिन्न कल्बका सभापतिहरु, कार्यक्रममा सहभागी चिकित्सकहरु, एचडिएनपी इण्टरनेशनलका चेयरमेन देवी आचार्य लगायतको उपस्थिति थियो ।

त्यसैगरी कमल शर्मा फाण्डेसनकी सरिता शर्मा आचार्य, आमन्त्रित प्रकृति पाण्डे, दिक्षा बस्याल, अर्भिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स कल्बका डाइरेक्टर तथा एनआरएनए टेक्सस अध्यक्ष दिपेन्द्र गुरागाई, एनआरएनए अमेरिका कोषाध्यक्ष तथा कल्वका तत्वकालिन समापति सरोज सिग्देल, ड्यालस वुद्ध लायन्स कल्बका सभापति डा. ओम थापा, अर्भिङ्ग एभरेष्ट सेण्टेनियलका संस्थापक सभापति गौरव न्यौपाने, ड्यालस हेल्थ लायन्स क्लबका सभापति सिपिए विलास उपाध्यापको समेत उपस्थित थियो I

लायन्सको परम्परा अनुसार कार्य्रकमको सुरुवात क्लब समापति राजेन्द्र कुँबरले गरेका थिए । त्यसैगरी पूर्व डिष्ट्रीक गर्भनर इम्मेरेल्डा रोड्रिगेजले इन्भोकेसन र प्रथम भाइस डिस्ट्रीक गर्भनर राधाकृष्ण काफ्लेले प्लेज अफ एलिजेन्स गरेका थिए ।