मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

जहाँ भएपनि हामी नेपालीः ह्युस्टनमा भव्य फागु पर्व-होली

जहाँ भएपनि हामी नेपालीः ह्युस्टनमा भव्य फागु पर्व-होली


देश बाहिर रहनेहरुलाई देशको माया झन् धेरै लाग्छ। भावनाको नेपाल बाँच्ने सबै प्रवासी नेपालीहरुको चाहना समयले भ्याएसम्म नेपाली चाडपर्वहरु रमाइलोसंग मनाऔं भन्ने नै हुन्छ। प्राय सामुहिकरुपले मनाइने चाडवाडहरुमा नेपालीहरुको उपस्थिति बाक्लिंदो छ। नेपालीहरु जहाँ बस्छन्, त्यहीं भावनाको नेपाल बनाउँछन् र त्यहाँ नेपाल, नेपाली र नेपालीपन बाहेक केही देखिन्न।

नेप्लिज एशोसियसन अफ ह्युस्टनको आयोजनामा आज टेक्ससको ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा फागु पर्व मनाउन सयौंको संख्यामा भेला भएका नेपालीहरुको जमघटले जहाँ भएपनि हामी नेपाली भन्ने भाव झल्कन्थ्यो। युवा, वयस्क, केटाकेटी सहित हजुरबा/हजुरआमाहरुको समेत सक्रिय सहभागिता रहेको फागु पर्व (होली) नाचगान सहित नेपालीहरुको रोजाइको खाना मोमोको साथमा मनाइएको थियो।

Advertisement

यसैगरी नेप्लिज हेरिटेज युनियनको आयोजनामा हिजो स्थानीय पार्कमा होली पर्व मनाइएको आयोजकहरुले जानकारी गराएकाछन् भने तराईबासी नेपालीहरुको समुहले बृहत्तर ह्युस्टनकै साइप्रस क्षेत्रमा शनिवार होली पर्व मनाएका थिए।

शेयर गर्नुहोस:

4.5k
Shares