मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

हिमालय हेल्थ क्लिनिकबाट आठसय लाभान्वित

हिमालय हेल्थ क्लिनिकबाट आठसय लाभान्वित


ड्यालस (अमेरिका) । टेक्ससको ड्यालसमा नेपाली चिकित्सकहरु तथा स्वास्थकर्मीहरुद्वारा सञ्चालित ‘हिमालय हेल्थ क्लिनिक’ ले सञ्चालनको ८ महिनामा झण्डै आठसय जनाको निशुल्क उपचार गरेको छ ।

ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेसमा रहेको क्लिनिकले विशेषगरि स्वास्थबीमा नभएका र नेपालबाट घुम्न, छोराछोरी, आफन्तजन भेट्न आएकाहरुलाई प्राथमिकताका साथ सेवा दिँदै आएको छ ।

विगतमा अर्भिङ्गमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा क्लिनिक सञ्चालन हुँदै आएको थियो । गत वर्षबाट मन्दिर युलेस सरेपछि व्यबस्थित र सुविधासम्पन्न कोठाहरुबाट सर्वसाधारणलाई सेवा दिँदै आएको छ ।

अहिले महिनामा दुई पटक (पहिलो र तेस्रो आइतबार) क्लिनिकले सेवा दिँदै आएको छ । एक पटक सेवा दिँदा झण्डै पाँचहजार डलर बराबर खर्च हुने गरेको क्लिनिकका अध्यक्ष डा. सञ्जीब श्रेष्ठले जानकारी दिए । डाक्टर तथा स्वास्थकर्मीहरुले निशुल्क रुपमा सेवा गरेपनि उपकरण, रगत जाँच लगायतमा खर्च हुने गरेको छ ।

समुदायलाई प्रभावकारी सेवा दिनका लागि कोष दह्रो बनाउनका लागि आउँदो महिना क्लिनिकले वृहद गाला डिनर आयोजना गर्न लागेको छ । अप्रिल ६ तारिक शनिबार हुन लागेको गाला डिनरमा सहभागी भएर सहयोग गर्न समुदायसँग क्लिनिकले आव्हान गरेको छ ।

युलेसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा क्लिनिकले ७१ हजार डलर खर्च गरेर उपकरण, फर्निचरहरुको व्यवस्था गरेको छ । विगतमा एउटा कुर्सी र फोल्डिङ्ग टेबलमा सञ्चालन भएको क्लिनिक अहिले सुविधायुक्त र सेवा दिनसक्ने क्षमतामा पुगेको छ । तर नियमित खर्च धान्नका लागि समुदायको सहयोग अत्यावश्यक भएकोले गाला डिनर आयोजना गर्न लागिएको जनाइएको छ ।

गाला डिनर, क्लिनिकले हालसम्म प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी दिने उद्वेश्यले शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष डा. श्रेष्ठ, उपाध्यक्ष डा. शर्मिला श्रेष्ठ, कोषाध्यक्ष, दिपेश विष्ट, लिला श्रेष्ठ, राज श्रेष्ठ लगायतले अमेरिकामा नेपाली चिकित्सक तथा स्वास्थकर्मीहरुको पहलमा गैर नाफामुलक र सामुदायिक सुविधायुक्त क्लिनिक पहिलो भएको हुँदा निरन्तरताका लागि सबैको सहयोग हुन जरुरी रहेको उल्लेख गरे ।