मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   
नेपाल   

जय नेपाल फाउन्डेसनको आयोजनामा स्मार्ट सिटी सम्बन्धी वेबिनार हुँदै

जय नेपाल फाउन्डेसनको आयोजनामा स्मार्ट सिटी सम्बन्धी वेबिनार हुँदै


अमेरिकास्स्थित जय नेपाल इन्टरनेशनल फाउनडेशनले “स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्ष्यबाट स्थानीय अभ्याससम्म” भन्ने विषयमा वेबिनार गर्न लागेको छ। फाउण्डेशनद्वारा हिजो आयोजित संक्षिप्त प्रेसमिट मार्फत जानकारी भए अनुसार आगामी मार्च २ र अप्रिल ६ मा गरेर दुई चरणमा हुन लागेको भर्च्यूअल वेबिनारमा स्मार्ट सिटी अवधारणा र नेपालका सन्दर्भमा यसको प्रयोग एवं विकासका बहुआयामिक विषयमा चर्चा हुने कार्यक्रम तय गरिएको छ।

 

फाउण्डेसनका अध्यक्ष डा. यादव पण्डितको संयोजन र डा. नीरज श्रेष्ठको संचालनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आगामी मार्च २ मा हुने वेबिनारका कार्यपत्र प्रस्तुतकर्ताहरु सिटी अफ ह्युस्टनका मेनिजिङ्ग इन्जीनियर सतीश त्रिपाठी, गोर्खा पालुङ्गटार नगरपालिकाका पूर्व प्रमुख दीपक बाबु कँडेल, नेपाल सरकारको ई-गभर्नेन्स आयोगका सदस्य सचिव एवं सीईओ दिपेश विष्टले स्मार्ट सिटी अवधारणा र नेपालमा यसको सान्दर्भिकता सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने जानकारी गराएका थिए।

 

बिश्वब्यापीरुपमा स्मार्ट सिटीको अवधारणा आएको अवस्थामा कसरी नेपाललाई समेत सहयोग पुर्‍याउन सकिन्छ भन्ने उद्देश्यले फाउण्डेसनले दुई चरणमा कार्यक्रम गर्न लागेको फाउण्डेशनका महासचिव अग्नि चौलागाईंले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

 

चौलागाईंका अनुसार मार्च २ र एप्रिल ६ मा हुने दुबै भर्च्यूअल वेबिनार नेपाली समय विहान ८ बजे अर्थात् अमेरिकामा साँझ ९.१५ (इस्टर्न टाइम) मा हुने वेबिनारमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गाना, बुटवल नगरपालिकाका प्रमुख खिलराज पाण्डे, गोरखा नगर पालिकाका उप-प्रमुख सपना पुन, डा. देशराज संयोक, केशव भट्टराई प्यानलिष्टका हैसियतमा छलफलमा सहभागी हुने तय भएको छ।

 

विश्वभर छरिएर रहेका र नेपालमा भएका विज्ञको छलफल तथा सहकार्यबाट नेपालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले फरक शैलीमा तर नेपालका सन्दर्भमा अहिले जनप्रतिनिधिहरुले चुनावी एजेण्डा बनाइरहेको विषयमा फ़ाउन्डेशनले विशेष कार्यक्रम गर्न लागेको अध्यक्ष डा. यादव पण्डितले जानकारी गराएकाछन्।

 

प्रवासमा रहेका तर नेपाललाई माया गर्ने विभिन्न पेशा र समुहका दक्ष नेपालीहरु मार्फत नेपाल र प्रवासको नेपाली समुदायलाई सहयोग गर्ने उद्देश्यले हालै स्थापित जय नेपाल इन्टरनेशनल फाउण्डेशनका सकारात्मक कामहरुको प्रचारात्मक अभियानमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) लगायत प्रवासका पत्रकारहरुको ठूलो सहयोगको अपेक्षा गरिएको डा. पण्डितले ‘प्रेस मिट’मा बताए।