मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

सुदुरपश्चिम समाजमा केसी

सुदुरपश्चिम समाजमा केसी


ड्यालस (अमेरिका) । टेक्ससमा रहेका नेपालका सुदुर पश्चिमेलीहरुको भेलाले सुदुर पश्चिम समाज टेक्ससको साधारण सभाले गगन केसीलाई अध्यक्षमा चयन गरेको छ ।

आइतबार नेपाली मन्दिरमा आयोजना गरिएको साधारण सभाले केसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नवराज भट्ट, सचिवमा गुञ्जन भण्डारी र कोषाध्यक्षमा चन्द्रकान्त उपाध्यायलाई चयन गरेको छ ।

कार्यसमितिका सदस्यहरुमा रिजा काफ्ले पनेरु, लता सुवेदी, सुरेन्द्र अवस्थी, भरत शाही र दिपेन्द्र मनराल छन् । त्यस अवसरमा नवनिर्वाचित पदाधिकारीहरुलाई पदको शपथग्रहण गराइएको थियो । नवनिर्वाचित अध्यक्ष केसीले संस्थालाई सबैको सहयोगीका रुपमा अघि बढाउने प्रतिवद्धता गरेका थिए ।

त्यस अवसरमा निवर्तमान अध्यक्ष नवराज नाथले आफ्नो कार्यकालमा संस्थालाई समुदायमा परिचित गराउनका लागि गरेका कार्यहरुका बारेमा चर्चा गर्दै सुदुर पश्चिमेलीहरुको संख्या बढेसँगै गतिविधिलाई व्यापकताका साथ लैजानुपर्ने अवस्था रहेको चर्चा गरे ।