अमेरिका समाचार

झापाली समाजद्वारा रक्तदान आयोजना

झापाली समाजद्वारा रक्तदान आयोजना


ड्यालस (अमेरिका) । झापाली समाज टेक्सस र ब्लड डोनर्स अमेरिकाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा शनिबार २७ जनाले रक्तदान गरेका छन् ।

नेपाली समुदायको पर्व माघे संक्रान्तिको सन्दर्भ पारेर अर्भिङ्गमा आयोजना गरिएको उक्त कार्यक्रममा दुबै संस्थाका पदाधिकारीहरु निकै सकृय रुपमा सहभागी भएका थिए । कार्यक्रममा रक्तदान गर्नका लागि ३९ जनाले इच्छा राखेका थिए ।

Advertisement

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिकी सल्लाहकार यमुना भट्टराई, झापाली समाज टेक्सस च्याप्टरका अध्यक्ष भुपेन्द्र न्यौपाने, ब्लड डोनर्स अमेरिकाका शिव काफ्ले, टेक्सस च्याप्टर अध्यक्ष अजयराज बगाले लगायतले निकै सकृयतासाथ सहभागीता जनाएका थिए ।

कार्यक्रममा तरुल, तिलौरी, सखरखण्ड लगायतका माघे संक्रान्ति बिशेषका परिकारहरु समेत सहभागीहरुलाई ख्वाइएको थियो ।

अहिले टेक्ससमा रगतको निकै अभाव भएकोले कार्टर ब्लड सेन्टर, रेडक्रसले निकै सकृयताका साथ रक्त संकलन गरिरहेका छन् । रक्तदान गरेर सहयोग गर्न संघसंस्थाहरुले आव्हान गरिरहेका छन् ।

बिडिए र डिएफडब्लु प्रणामी समाजको संयुक्त आयोजनामा आइतबार पनि हस्र्टस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा रक्तदान आयोजना हुने भएको छ ।

शेयर गर्नुहोस:

1.1k
Shares