मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
बिश्वमा सफल नेपाली   

ग्लोवल नेपाली पाठशालाको नयाँ भर्ना आह्वान

ग्लोवल नेपाली पाठशालाको नयाँ भर्ना आह्वान


नेपाली समाज टेक्सासद्वारा संचालित ग्लोवल नेपाली पाठशालाले नयाँ भर्ना आह्वान गरेको छ । नेपाली समुदायको माग र सुविधालाई मध्यनजर गरेर यस वर्ष “फेस टु फेस र अनलाईन” माध्यमबाट कक्षाका संचालन गरिने भएको छ । यस सेसनको संचलनका लागि जनवरी २७ देखि मे ५ सम्म पशुपतिनाथ तथा बुद्ध मन्दिर, यूलेस, टेक्ससमा शनिवार र आईतवार फेस टु फेस वा अनलाईनका माध्यमबाट अध्यापन गर्ने गरि भर्ना आह्वान गरिएको छ ।

प्रवासमा हामीले जति नै सम्पती जोडेता पनि नेपालीपन र नेपाली मनको सन्तती हुर्काउन सकेनै भने भोलीका दिनमा हामीसंग सम्पती त होला तर नेपालीपनको सन्तती नरहन पनि सक्छ । यीनै कुरालाई मध्येनजर गरेर हाम्रा भावी पुस्तालाई नेपालीभाषा, कला, संस्कृती, अध्यात्मिकता, ऐतिहासिक र भौगोलिक ज्ञानको हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी रहन गएको छ । यसै क्रममा नेपाली समाज टेक्ससले नेपाली पाठशालाका माध्यमबाट प्रवासमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर पाठ्यक्रम र पाठ्य-सामग्री निर्माण गरी बालबालिकाहरुलाई नेपालसंग जोड्ने बिभिन्न बिषयबस्तुहरुको ज्ञान दिदै आएको छ ।

Advertisement

यसैको निरन्तरताका लागी यस सेसनमा ग्लोवल पाठशालाले नेपाली भाषाको तह १ देखि ४ सम्म अनलाईन र फेस टु फेसका कक्षाहरु, अनलाईन कोडिङ कक्षाहरु, गणितको ईलिमेन्ट्री र मिडिल स्कुलका बिधार्थीलाई सहयोगार्थ फेस टु फेस सहायता कक्षा, पब्लिक स्पिकिङ र लिडरसीप, मेडिटेसन र योगा, आर्ट पेन्टिङ र डान्सका कक्षाहरु संचालन गर्ने गरि कार्य थालनी गरेको छ ।

यस पाठशालाबाट संचालित फे सटु फेसका कक्षा बाहेक अनलाईन कक्षाहरुमा यदी समय पायक पर्छ भने अमेरिका बिभिन्न राज्यहरुबाट वा अन्य देशहरुबाट पनि अध्ययन गर्न सक्ने प्रावधान गरिएकोछ ।
यस सेसनको भर्नाको र यससंग सम्बन्धित अन्य जानकारीहरु तल फ्लायर र भर्ना लिंकमा ऊल्लेख गरिएको छ ।

बिधार्थी भर्ना लिंकः https://docs.google.com/forms/d/e/1FAIpQLSf9jhwlUifF9QROqGIe1oX9_IhCVCQnlo0d8DygPnI4fsc7qg/viewform

 

शेयर गर्नुहोस:

4.8k
Shares