मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
साहित्य / कला   

ड्यालसमा पार्श्वधुनको परिचर्चा

ड्यालसमा पार्श्वधुनको परिचर्चा


कथाकार कुसुम

ड्यालस (अमेरिका) । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिका, ड्यालस च्याप्टरले कथाकार कृष्ण कुसुमको नयाँ कथाकृति ‘पार्श्वधुन’ को आइतबार ड्यालसमा चर्चा कार्यक्रम आयोजना गरेको छ ।

ड्यालसमा सकृय साहित्यकारहरु तथा शुभेच्छुकहरुको सहभागितामा आयोजना भएको कार्यक्रममा पार्श्वधुनमा समावेश कथाहरुका विषयमा साहित्यकार सतिश त्रिपाठी, अनेसासं च्याप्टर अध्यक्ष निर्मला राई र संस्थापक अध्यक्ष भीम कार्कीले समिक्षा एवं चर्चा गरेका थिए । समीक्षकहरुले प्रवासको नेपाली समुदायलाई केन्द्रमा राखेर लेखिएका कथाहरुले नेपाली साहित्यलाई उचाईमा पु¥याउन सघाउ पु¥याएको उल्लेख गरेका थिए ।

अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिका, ड्यालस च्याप्टरले कथाकार कृष्ण कुसुमको नयाँ कथाकृति ‘पार्श्वधुन’ को आइतबार ड्यालसमा चर्चा कार्यक्रम

विगत एक दशकदेखि अमेरिका बस्दै आएका कथाकार कुसुमले कथा तथा गजल लेख्दै आएका छन् । कविता, गजल संग्रहहरु प्रकाशित गरिसकेका कुसुमको पार्श्वधुन पहिलो कथा संग्रह हो ।
हालै शिखा बुक्सले प्रकाशनमा ल्याएको पार्श्वधुनमा १३ वटा कथाहरु समेटिएका छन् । कथा संग्रहमा केही पहिलेनै प्रकाशित र केही अप्रकाशित कथाहरु रहेका छन् ।

समिक्षक त्रिपाठीले १३ मध्य ९ कथाहरु अमेरिकाको जीवन र पात्रहरु रहेको चर्चा गर्दै कथाकार कुसुमले नयाँनयाँ विषयहरु समेटेको अनुभव आफूले पाएको उल्लेख गरे । त्यस्तै साहित्यकार कार्कीले

अमेरिकामा ड्यालस साहित्यकार र साहित्यनुरागीहरुको केन्द्र बनेको चर्चा गरे । पाश्र्वधुनमा समावेश कथाले प्रवासको नेपाली समाजको संकेत गरेको धारणा समिक्षकहरुको थियो ।

कार्यक्रममा कथाकार कुसुमले कथासंग्रहका बारेमा जानकारी दिँदै अाफूले समाजमा देखेका, भोगेका मिहिन विषयहरूलाइ कथाका माध्यमबाट बाहिर ल्याएको उल्लेख गरे । कार्यक्रमको सञ्चालन सुमन कार्की ‘काजी’ ले गरेका थिए ।