मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
प्रेस विज्ञप्ती / सूचना पाटी   
मनोरञ्जन   

ड्यालसमा खत्रा-डिबिइ नयाँ वर्ष उत्सव हुँदै

ड्यालसमा खत्रा-डिबिइ नयाँ वर्ष उत्सव हुँदै


ड्यालस (अमेरिका) । नयाँ वर्षको पूर्वसन्ध्यामा टेक्ससको ड्यालसमा एक भव्य साङ्गीतिक उत्सवको आयोजना गरिएको छ। Khatra Lifestyle US र DBE र को सक्रियतामा हुन लागेको सो साङ्गीतिक कार्यक्रममा १८ वर्षभन्दा माथिकाले मात्र प्रवेश पाउने आयोजकहरुले बताएकाछन्। नयाँ वर्ष साङ्गीतिक उत्सव डालसस्थित Longhorn Icehouse मा डिसेम्वर ३१ को साँझ हुने आयोजकहरुले हिमालय खबरलाई जानकारी गराएकाछन्। ३१ तारिक साँझ ८ बजे देखि नयाँ वर्षको विहान २ बजेसम्म कार्यक्रम जारी रहने आयोजकहरुले जनाएकाछन्।

चिराग खड्का, जय अथर, युवेन ब्लाक, नवाज अन्सारी, डीजे विश्व, जेएक्सएक्सडेड, फेलोन ग्रे, जनम, स्लिम्बोस, रनव, किङ्गनम लगायतका कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम मार्फत डालस वरिपरिका युवाहरुलाई भरपुर मनोरंजन दिने लक्ष राखेका आयोजकहरुले डिजे घले र टिमको अगुवाईमा सहभागीहरुलाई रातभर नचाउने योजना समेत बनाएका छन्।

प्रतिव्यक्ति ३० डलर देखि १०० डलर सम्म प्रवेश शुल्क राखिएको नयाँ वर्ष उत्सवमा सहभागी हुन चाहनेहरुले अनलाइन माध्यमबाट टिकट खरीद गर्न सक्ने आयोजकहरले जनाएकाछन्।