मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
राजनीति-समाज   

अमेरिकामा अनेसासको साधारण सभा तथा स्रष्टा सम्मान

अमेरिकामा अनेसासको साधारण सभा तथा स्रष्टा सम्मान


बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टर, अमेरिकाले आयोजना गरेको साधारण सभा तथा स्रष्टा सम्मान समारोह कार्यक्रम हालै सम्पन्न भएको छ।

कार्यक्रम नोभेम्बर २६ तारिख आइतबारका दिन अमेरिकाको बोस्टन सहरस्थित पशुपतिनाथ बुद्ध मन्दिरमा सम्पन्न भएको हो । अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राईको प्रमुख आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रमको अवसरमा नेपाली साहित्य क्षेत्रमा अमूल्य योगदान पुर्‍याएको भन्दै स्रष्टाहरुको सम्मानसमेत गरिएको थियो । स्रष्टा सम्मान गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि राईले अनेसास नेपाल च्याप्टरका नि। वर्तमान महासचिव तथा कवि ऋषभदेव घिमिरेलाई सम्मान पत्र प्रदान गरेका थिए भने, कवि शकुन ज्ञवालीलाई नारी तारा सम्मानद्वारा सम्मानित गरिएको थियो।

त्यसैगरी, कार्यक्रममा न्यू इङ्ल्यान्ड क्षेत्रमा क्रियाशिल प्रवासी नेपाली समुदायका विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेर समुदाय तथा नेपाली साहित्यको उत्थानमा योगदान पुर्‍याएको भन्दै पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ल्यान्डको बोर्ड अफ ट्रष्टीका सभापति सुशील पौडेल, कार्य समितिका अध्यक्ष विष्णु कार्की, ग्रेटर बोस्टन नेपाली कम्युनिटीकी अध्यक्ष अञ्जु थापा, एनआरएनए उत्तरी अमेरिका क्षेत्रको पूर्वमहिला संयोजक तृष्णा काफ्ले शर्मा, एनआरएनए मासाच्युसेट्सका अध्यक्ष प्रचण्ड श्रेष्ठ, नरउड लायन्सका अध्यक्ष जाल घिमिरे, मेट्रो वेष्ट नेपाली कम्युनिटी,नरउडका अध्यक्ष सुरेश ढकाल, सृजनशील महिला समूह, नरउडकी अध्यक्ष सानु बर्मा अधिकारी, संगीत क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु रञ्जन बुढाथोकी, प्रेम सागर खतिवडा, सुशील गौतम, राजकपुर, श्याम नेपाली, सुन्दर गुरुङ, राम थापा, मीन केसीलगायतलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको थियो।

सोही अवसर पारेर साहित्यकारद्वय महेश्वर पन्तको उडेका पैताला र अनु शाहको कविता कृति अनुरागको विमोचनसमेत गरिएको थियो। कार्यक्रमको दौरानमा कवि अनु शाह, कवि दीपा राई पुन र ममता कर्माचार्यले कविता वाचन गरेका थिए भने, कवि तथा साहित्यकार ऋषभदेव घिमिरेले उडेको पैताला कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख राईले प्रवासमा पनि नेपाली साहित्य र संस्कृति मौलाएको देख्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिदै नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धनमा प्रवासी नेपाली समाजले खेलेको भूमिका र पुर्‍याएको योगदानप्रति सम्मान व्यक्त गरे।

सम्बोधनका क्रममा उनले नेपाल सरकारले विदेशमा रहेका मौलिक नेपाली संस्कृति तथा पहिचान बोकेका नेपाली मन्दिर, गुम्बा तथा नेपाली सामुदायिक भवनहरू निर्माण तथा संरक्षण गर्न प्रोत्साहन गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष बिजय शर्मा, सम्मानित स्रष्टा शकुन ज्ञवाली, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेत, अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पुजालगायत अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।