मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

एनएचयुमा नयाँ नेतृत्वः बस्याल फेरि अध्यक्ष

एनएचयुमा नयाँ नेतृत्वः बस्याल फेरि अध्यक्ष

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस। ह्युस्टनमा रहेको नेपालीहरूको संस्था नेप्लिज हेरिटेज युनियन (एनएचयू) मा नयाँ नेतृत्व चयन भएको छ। हिजो शनिबार ह्युस्टनमा सम्पन्न एनएचयुको पाचौं साधारण सभाले बाबुराम बस्यालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको हो।
अध्यक्ष कर्ण बोगटीको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा रमा भट्टराई र दामोदर पङ्गेनी, महासचिवमा झङ्कर कुँवर र कोषाध्यक्षमा हरि घिमिरे चुनिएका छन् । यसैगरी सहकोषाध्यक्षमा अशोक गिरी र छ जना कार्यसमिति सदस्यहरुमा क्रमशः प्रशान्त बस्याल, ध्रुब थापा, सुदीप आत्रय , बसन्त वलि र कृष्ण आचार्य पनि निर्विरोध चयन भएकाछन्।

निवर्तमान कार्यसमितिका महासचिव रमा भट्टराईद्वारा संचालित साधारण सभामा कोषाध्याच्य हरि घिमिरेले आर्थिक प्रतिबेदन र सचिव झङ्कर कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

यसै गरि निर्वाचन समितिका संयोजक लक्ष्मण भण्डारीले निर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको विवरण सुनाएका थिए।
साधारण सभामा ग्रेटर ह्युस्टन नेप्लिज च्यम्बर्स अफ कमर्सका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारी, क्रियटिभ नेप्लिज सोसाइटीका अध्यक्ष कृष्ण न्यौपाने र एनएचयुका पूर्व उपाध्यक्ष डिसोज न्यौपाने लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा निवर्तमान कार्यसमितिका अध्यक्ष कर्ण बोगटीले सस्थाका विभिन्न कार्यक्रमहरुमा सहयोग पुऱ्याएका विभिन्न महानुभावहरुलाई प्रमाणपत्रद्वारा सम्मान तथा धन्यबाद प्रदान गरेका थिए।

एनएचयूको गठन नै “कनेक्टिङ नेप्लिज टुगेदर” भन्ने नाराका साथ भएकाले ह्युस्टनका सबै संघसंस्थाहरुसँगको सहकार्यलाई व्यवहारमा नै उतार्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष बाबुराम बस्यालले दोहऱ्याएका छन्।