मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपाली समाजको रजत जयन्ती सम्पन्न

नेपाली समाजको रजत जयन्ती सम्पन्न


ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससले स्थापनाको २५ वर्ष पुगेको अवसरमा शनिबार भव्य रुपमा रजत जयन्ति कार्यक्रम मनाएको छ ।

ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा आयोजना गरिएको रजत जयन्ति कार्यक्रममा संस्थालाई हालसम्म सहयोग पुर्याउनेहरुलाई सम्मान, परेड साथ स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको सकृयताको प्रशंसा गरिन् । उनले सिटीको तर्फबाट समुदायलाई आवश्यक सहयोग गर्ने वचन पनि दिइन् ।

युलेस सिटीकी मेयर लिण्डा मार्टिन

कार्यक्रममा नेपाली समाज टेक्ससले २५ वर्षको इतिहास र गतिविधिलाई समेटेर प्रकाशित गरेको स्मारिकाको संस्थाका पूर्ब अध्यक्षहरुले संयुक्त रुपमा विमोचन गरे ।

त्यस अवसरमा पूर्ब अध्यक्ष डा. प्रेम अधिकारीले नेपाली समाज टेक्ससले समुदायलाई पुर्याएको योगदानका बारेमा चर्चा गर्दै संस्थाले विशाल रुप ग्रहण गर्दै गएकोमा खुशी व्यक्त गरे । युलेस सिटीको काउन्सिलम्यान टीका पौडेलले नेपाली समुदायलाई स्थानीय सिटी, काउन्टी लगायतका कार्यक्रमहरुमा सकृय सहभागी हुनका लागि आव्हान गरे ।

संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा बिभिन्न संस्थाहरुलाई सम्मानित पनि गरियो ।

त्यस अवसरमा नेपाली समुदायले आफ्नो परम्परागत संस्कृति, पोशाक सहित परेडमा सहभागिता जनाएका थिए । निकै गर्मीका बाबजुद पनि नेपाली समुदायका झण्डै एकहजार पाँचसयको हाराहारीमा व्यक्तिहरु परेडमा सहभागी थिए । आफ्नो संस्थाको व्यानर र भेष सहित मानिसहरु परेडमा सहभागी थिए ।

पञ्चेबाजा, बिभिन्न सांस्कृतिक नृत्य, पोशाक सहित नेपालका बिभिन्न स्थानबाट अमेरिका आएर बसोबास गरिरहेका व्यक्तिहरु सहभागी भएका थिए । कार्यक्रममा अस्टिन, ह्युस्टनबाट समेत संस्थाहरुको प्रतिनिधित्व थियो ।

सन् १९९८ मा स्थापना भएको नेपाली समाज टेक्सस यो क्षेत्रको सबैभन्दा ठूलो नेपालीहरुको संस्था हो । यस वर्ष समाजले रजत जयन्तिका अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरेर वर्षैभरि मनाउने तयारी गरेको छ ।