मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
कोलोराडो   

एनआरएन कोलोराडो च्याप्टरमा ११ सदस्सिय सल्लाहकार समिती चयन

एनआरएन कोलोराडो च्याप्टरमा ११ सदस्सिय सल्लाहकार समिती चयन

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरिका)– एनआरएन कोलोराडो च्याप्टरको कार्यसमितीको पहिलो बैठकले ११ सदस्सिय सल्लाहकार समिती चयन गरेको छ ।

अध्यक्ष प्रकास पौडेलको अध्यक्षतामा आईतबार सम्पन्न बैठकमा उपस्थित कार्यसमितीका सदस्यहरूको बहुमतले सल्लाहकार समिती चयन गरेको हो ।

यसरी चयन हुने सल्लाहकार समितीका सदस्यहरूमा पुरूषोत्तम पाण्डे, नवराज श्रेष्ठ, सुनिल पाठक, धन पौडेल, शंकर गुरूङ, भुवन साप्कोटा, दिनेश श्रेष्ठ, गीता गौली, दिपक सुनुवार, कृष्ण थापा मगर र अरसी पन्त रहेका छन् ।

सल्लाहकार समिती चयनगर्दा कोलोराडोमा रहेका संघ संस्था, व्यवसायी, समाजसेवी, बुद्धीजिवी सबै पेशा वर्ग जातजातीको प्रतिनिधित्व हुनेगरी चयन गरिएको अध्यक्ष प्रकास पौडेलको बताएका छन् ।

त्यसैगरी कार्यसमितीको बैठकमा स्थानीय संघ संस्थाहरू संग कसरी समन्वय गर्दै अगाडी बढ्ने र भावी कार्यक्रमहरूलाइ कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा गहन छलफल भएको अध्यक्ष पौडेलले बताएका छन् ।