मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
न्युयोर्क   

एनआरएनए अमेरिकामा फेरी विवाद दुई वटा डेलिगेट सूची आईसीसी पुग्यो

एनआरएनए अमेरिकामा फेरी विवाद दुई वटा डेलिगेट सूची आईसीसी पुग्यो


हिमालयखवर संवाददाता
अमेरिका- एनआरएनए एनसीसी अमेरिका भित्र गैर आवासीय नेपाली संघ आईसीसी प्रतिनिधि डेलिगेटको सूचीका वारेमा यस पटक पनि विवाद आएको छ । डेलिगेट छनौट समिति, एनआरएनए अमेरिका कार्यसमिति भित्र कुनै छलफल विना हचुवाका भरमा प्रकृया मिचेर डेलिगेटको नाम पठाए पछि विवाद भएको हो ।

छलफल नै नभएपछि आईसीसीमा अमेरिकावाट डेलिगेटको दुईवटा सूची गएका छन् । एउटा सूची डेलिगेट छनौट समितिले पठाएको छ भने अर्को सूची अध्यक्ष डा अर्जुन बञ्जाडे र महासचिव रामहरी अधिकारीले हस्ताक्षर गरेर पठाएका छन् ।आईसीसीका वरिष्ठ अधिकारीले अमेरिकावाट डेलिगेटका लागि भन्दै दुईवटा सूची आएको पुष्टि गरे ।

एनसीसी अमेरिका कार्यसमितिले डेलिगेटको सूची तयार गर्न वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीको संयोजकत्वमा कमिटी वनाएको थियो । तर, यो कमिटीलाई वेवास्ता गर्दै अध्यक्ष र महासचिवले अर्को सूची पठाएका हुन् । डेलिगेटको सूचीका वारेमा कार्यसमितिमा छलफल नै भएको छैन ।

यो कार्यसमितिले कार्य सम्हालेपछि एक पछि अर्को विवाद आईरहेको छ । प्रवक्ता देखि सल्लाहकार मनोनयन गर्दा समेत विवाद आएको छ । चुनावमा परिवर्तन गर्छु भन्ने नारा दिएका अध्यक्ष एक पछि अर्को गर्दै विवादमा परेका छन् ।

एनआरएनए अमेरिका कार्यसमितिको निर्णय अनुसार गठन भएको डेलिगेट समितिका संयोजक विकास उप्रेतीले अमेरिकावाट जाने प्रतिनिधि डेलिगेटको नामका लागि कार्यसमितिमा छलफल नभएको वताए ।

मैले अध्यक्ष र महासचिवलाई पटक पटक नाम फाइनल गर्न आग्रह गरें, उहांहरुले अग्रसर हुनुभएन त्यसपछि कार्यसमितिको निर्णय अनुसार गठन भएको समितिको संयोजकको जिम्मोवारीको हैसियतले मैले सूची पठाएको हो वरिष्ठ उपाध्यक्ष उप्रेतीले भने मलाई लाग्छ आईसीसीले मेरो सूचीलाई नै आधिकारिक मान्छ ।

अध्यक्ष र महासचिवले पठाएको डेलिगेटको सूची असन्तुलित र आफ्ना मान्छेलाई हेरेर राखिएको आरोप छ ।

डेलिगेट सूचीमा २२० जनाको नाम परेको छ । यो चुनाव केन्द्रित भएको आरोप लगाईएको छ । यसरी जाने डेलिगेटले चुनावमा मत हाल्न पाउंछन् । विश्वभरवाट करिव ४२ सय डेलिगेट हुन्छन् । अक्टोबरको मध्येमा काठमाडौमा एनआरएनए विश्व सम्मेलन हुदैं छ । यो सम्मेलनले नयां नेतृत्व पनि चयन गर्छ ।

पटक पटकको यस्तै विवादले अहिले गैर आवासिय नेपालीका संस्था दुईवटा भएका छन् ।

दुई वर्ष अघि पनि अमेरिकावाट गएको डेलिगेट सूचीकावारेमा विवाद भएको थियो । जनु वढ्दै जांदा निर्वाचन समेत हुन सकेन । अमेरिकामा यो इतिहास पुन दोहोरिएको छ ।

अध्यक्ष र महासचिवले पठाएको डेलिगेटको सूची
अध्यक्ष र महासचिवले पठाएको डेलिगेटको सूची

 

एनआरएनए अमेरिकाको प्रवक्तामा पन्त, सल्लाहकार चयन हुन सकेनन्

एनआरएनए अमेरिका अध्यक्षले बैठक पढेका सल्लाहकार प्रस्तावित २७ नाम