मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

वृहद रक्तदानमा एकसय २८ पिन्ट रक्त संकलन

वृहद रक्तदानमा एकसय २८ पिन्ट रक्त संकलन


ड्यालस (अमेरिका) । शनिबार अमेरिकाको टेक्सस राज्यको युलेसमा आयोजना गरिएको वृहद रक्तदान कार्यक्रममा एकै दिन एकसय २८ जनाले रगत दान गरेका छन् ।

नेपाली समाज टेक्सस स्थापना भएको २५ वर्ष पुगेको अवसरमा ब्लड डोनर्स अफ अमेरिका, सिटी अफ युलेस लगायत दुई दर्जनको हाराहारीमा रहेका संस्थाहरुको संयुक्त आयोजनामा शनिबार यो कार्यक्रम आयोजना गरिएको हो ।

विगतमा पनि रचनात्मक कार्यका लागि एकजुट हुने गरेको ड्यालस फोर्टवर्थको नेपाली समुदायले शनिबार अपूर्व सकृयता देखाएका कारण यति ठूलो रक्तदान कार्यक्रम सफल भएको हो ।

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली जनसम्पर्क समिति टेक्ससका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, बिडिएका बलराम पौडेल, बासु श्रेष्ठ, पशुपतिनाथ तथा बुद्ध मन्दिरका उपाध्यक्ष छबी चापागाई लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा सिटी अफ युलेसकी मेयर लिण्डा मार्टिन, सिटी काउन्सिल सदस्य टीका पौडेल, बिडिए अमेरिकाका पूर्ब अध्यक्ष डा. नन्द रेग्मी लगायतको समेत सहभागिता थियो । कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन ड्यालस फोर्टवर्थमा रहेका नेपाली समुदायका सदस्यहरु निकै सकृयताका साथ खटेका थिए ।

रकतदानका लागि एकसय ३९ जनाले इच्छा जाहेर गरेर फर्म भरेका थिए । तर एकसय २८ जनामात्र रक्तदानका लागि योग्य ठहरिएका बिडिए अमेरिका टेक्सस च्याप्टर अध्यक्ष अजयराज बगाले ले बताए । युलेस सिटी लाइब्रेरीमा आयोजना गरिएको कार्यक्रममा कार्टर ब्लड सेन्टरले दुईवटा बस समेत व्यबस्थापन गरेको थियो ।