मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
प्रेस विज्ञप्ती / सूचना पाटी   
मुख्य समाचार   

वृहद रक्तदान सफल बनाउन भेला

वृहद रक्तदान सफल बनाउन भेला

जुन तपाईलाई थाहा छैन। रक्तदान गर्दा ६ अचम्मको स्वास्थ्य लाभहरु के के हुन्छ (भिडियो सहित)


ड्यालस (टेक्सस), अमेरिका । अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको संस्था ब्लड डोनर्स (बिडिए) अमेरिकाले आउँदो अगष्ट २६ तारिक शनिबार वृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

मेगा ब्लड ड्राइभलाई सफल बनाउनका लागि बिडिएले शनिबार अर्भिंग स्थित करिलिफ रेष्टुँरामा ड्यालस फोर्टवर्थमा रहेका नेपाली संघसंस्थाहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ । सिटी अफ युलेससँग मिलेर गर्न लागिएको रक्तदान कार्यक्रममा कम्तिमा एकसय ५० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको बिडिए अमेरिकाका उपाध्यक्ष शिव काफ्लेले उल्लेख गरे ।

कार्यक्रममा युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, एनआरएन अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, सचिव जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्की, प्रवासी नेपाली मञ्चका सचिव लक्ष्मण घिमिरे, तामाङ्ग सोसाइटीका अध्यक्ष सुर्य मोक्तान, एनआरएनका युथ कोअर्डिनेटर विनोद पौडेल, सुदूर पश्चिम समाजका अध्यक्ष नवराज नाथ, एनआरएन अमेरिकाकै उपाध्यक्ष भानु खरेल, नेजाका अध्यक्ष सुरज भण्डारी, पिस एण्ड डेभलपमेन्टका दीपक खरेल, समाजसेवी एवं व्यवसायी सुरज पौड्याल, लुम्बिनी समाजका युधिष्ठिर नेपाल, नेपाली समाज टेक्ससका कार्यकारी सदस्य विजय भुसाल, बसन्त पन्त, विनोद कँडेल, गंगा थापा, बासु श्रेष्ठ लगायतले कार्यक्रमलाई भव्य रुपमा गर्नका लागि सुझावहरु दिएका थिए । संभावित रक्तदाताहरु र स्वयम्सेवकहरु जुटाउनका लागि संघसंस्थाका नेतृत्वकर्ताहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बिडिए अमेरिका टेक्सस च्याप्टर अध्यक्ष अजयराज बगालेले युलेस सिटीसँग मिलेर गर्न लागिएकोले सफल बनाउँदा नेपाली समुदायकै प्रतिष्ठा बढ्ने भएकोले सबैबाट सहयोगको अपेक्षा राखिएको बताए । कार्यक्रममा बिडिए अमेरिकाका पूर्ब अध्यक्ष डा. नन्द रेग्मीले संस्थाको विगतदेखि वर्तमानसम्मका गतिविधिमा चर्चा गरेका थिए ।

त्यस अवसरमा बिडिएकै विकास भण्डारीले वृहद रक्तदानको अहिलेसम्मको प्रगतिका बारेमा जानकारी दिएका थिए । भण्डारीले एकसय ५० पिन्ट रक्तदानका लागि कम्तिमा दुईसय व्यक्तिहरु जुटाउनुपर्ने भएकोले सबै संघसंस्थाहरुबाट सकृय सहयोगको अपेक्षा राखिएको उल्लेख गरे ।

कार्यक्रमलाई सफल बनाउन उक्त दिन आवश्यक पर्ने फलफूल, जुस, पानीको व्यबस्थापन नेपाली समाज टेक्ससले गर्ने प्रतिवद्धता जनाएको छ । उक्त रक्तदान युलेस सिटी लाइब्रेरी भवनमा अगष्ट २६ शनिबार बिहान १० बजेबाट सुरु हुनेछ ।

तलको भिडियो हेर्नु होला जुन तपाईलाई थाहा छैन। रक्तदान गर्दा ६ अचम्मको स्वास्थ्य लाभहरु के के हुन्छ।