मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

न्युयोर्कमा नेपाली चेम्बर अफ कमर्स स्थापना

न्युयोर्कमा नेपाली चेम्बर अफ कमर्स स्थापना


न्युयोर्क (अमेरिका) । नेपालबाट अमेरिका आएर न्युयोर्क न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गरेर बसेका नेपालीभाषी व्यवसायीहरूले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन् ।

नेपालीमुलका व्यवसायीहरूलाइ एकजुट बनाउँदै हक र हितका लागि संस्था स्थापना गरिएको अध्यक्ष प्रदीप श्रेष्ठले बताए ।

गत दशैतिहारकै समयमा आयोजना गरिएको शुभकामना आदान-प्रदान कार्यक्रममा छलफल गरि संस्था स्थापनाको अवधारणा अघि बढाइएकोमा अहिले दर्ता लगायतका प्रकृया पुरा गरेर अघि बढाइएको हो । संस्था दर्ता गरि हाल तदर्थ समितिका रूपमा प्रदिप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

संस्थाका सदस्यहरूमा नविन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन ।

त्यस्तै गरि सदस्यीय सल्लाहकार समितिमा कानुन व्यवसायी खगेन्द्र जिसी, डा. विनोद शाह, नविन शेरचन, नवराज केसी, पासांग नुरु शेर्पा र जंग बहादुर बम छन ।

गठित तदर्थ समितिले तीन महिना भित्र सदस्यता बितरण गरेर अधिवेशन गर्नेगरि अभियान शुरु गरेको छ । हालको लागि अाइअारएसबाट EIN लिएर व्यवसाय संचालन गरि रहेका व्यवसायीहरुले सदस्यता लिन सक्ने तदर्थ समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।