मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
डिसी मेट्रो   
प्रेस विज्ञप्ती / सूचना पाटी   

बिडिएको साधारण सभा बाल्टिमोरमा

बिडिएको साधारण सभा बाल्टिमोरमा


टेक्सस (अमेरिका) । ब्लड डोनर्स अमेरिकाको चौथो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

आउँदो जुलाई २१ र २२ तारिक मेरिल्याण्डको बाल्टिमोरमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बिडिएका पूर्ब अध्यक्ष डा. नन्द रेग्मीले जानकारी दिए । बिडिए अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको संस्था हो ।

‘यसपटकको साधारण सभालाई हामीले अहिलेसम्म संस्थालाई सहयोग गर्नेहरुलाई सम्मान गर्ने गर्नेगरि केन्द्रित गरेका छौं’ पूर्ब अध्यक्ष रेग्मीले भने । बिडिएले नेपाली नर्सहरुको संस्था सोसाइटी अफ अमेरिकन नेप्लिज नर्स (सान) सँगको सहकार्यमा संयुक्त सम्मेलन गर्न लागेको हो ।

सन् २००९ मा स्थापना भएको संस्थाले अहिले १२ हजार पिन्ट रक्त संकलन गरिसकेको छ । अमेरिकाका ६ वटा राज्यहरुमा समिति गठन भैसकेको छ ।

बिडिएका केन्द्रिय सदस्य शिब काफ्लेले साधारण सभाको क्रममा निशुल्क स्वास्थ परिक्षण, प्राथमिक उपचार तालिम समेत प्रदान गरिने जानकारी दिए ।