मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

हेल्थ क्लिनिकमा ६२ जनाको उपचार

हेल्थ क्लिनिकमा ६२ जनाको उपचार

१० तारिक रक्तदान


ड्यालस (टेक्सस)- अमेरिकाको ड्यालसमा संचालित हिमालयन हेल्थ क्लिनिकमा आईतबार ६२ जनाको निःशुल्क उपचार गरिएको छ ।

नेपाली चिकित्सकहरु तथा स्वास्थकर्मीद्वारा संचालित निःशुल्क शिविरमा ६२ जनाको स्वास्थ जाँच लगायत उपचार गरिएको हो । क्लिनिकका व्यवस्थापक राज श्रेष्ठका अनुसार अहिले हरेक महिनाको एक पटक शिबीर आयोजना हुँदै आएको छ ।

Advertisement

आईतबार सम्पन्न शिबीरमा डा. विष्णु सापकोटा, डा. शर्मिला श्रेष्ठ, पुजा सैजु, रजनी श्रेष्ठ, स्मृति श्रेष्ठ लगायतले सेवा प्रदान गरेका थिए ।

त्यस्तै नर्सहरु कमला अधिकारी, सुवासिनी खाँड लगायतले सेवा दिएका थिए । आउँदो महिना जुलाई ९ तारिक शिबीर हुने बताईएको छ ।

१० तारिक रक्तदान

यसैगरि हिमालय हेल्थ क्लिनिक, टेक्सस मेडिकल एसोसिएशन र ब्लड डोनर्स अमेरिकाको संयुक्त आयोजनामा यहि जुन १० तारिक आईतबार युलेस स्थित नयाँ मन्दिरमा रक्तदान कार्यक्रम हुन लागेको छ ।

उक्त कार्यक्रममा सहभागी भएर रक्तदान गरिदिनका लागि संस्थाहरुले आव्हान गरेका छन् ।

शेयर गर्नुहोस:

4.9k
Shares