मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ढकालद्वय र श्रेष्ठ मन्दिरमा प्याट्रोन

ढकालद्वय र श्रेष्ठ मन्दिरमा प्याट्रोन

५० हजार डलर भन्दा बढी दिने फेमिली प्याट्रोन


ड्यालस (टेक्सस)। टेक्ससको ड्यालसमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको प्याट्रोनमा तीन जना थपिएका छन्।

ड्यालसमा सफल व्यबसायीका रूपमा परिचय बनाएका दिपेश श्रेष्ठ, विकल ढकाल र उपेन्द्र ढकालले ५० हजार डलर मन्दिरलाइ प्रदान गरेका छन् । विधानतः तीनैजनालाइ प्याट्रोनका रूपमा राखिएको छ । यसअघिनै १२ जनाले कम्तिमा ५० हजार दिएर प्याट्रोन भैसकेका छन् ।

मन्दिरको विधान अनुसार ५० हजार डलर भन्दा बढी दिनेलाइ फेमिली प्याट्रोनका रूपमा सम्मान दिइन्छ । यस अघिनै अभिषेक अग्रवाल, अनिल पाठक *, बासुदेव भण्डारी, भीम कार्की (युनिक मार्ट), डा. मुरली अधिकारी, डा. सञ्जीब श्रेष्ठ, गाैरीराज जोशी, कपिल अधिकारी, कृष्ण पन्त, महेन्द्र कुँवर, नरेश पाण्डे र शैलेन्द्र मानन्धरले ५० हजार दिएर प्याट्रोनका रूपमा रहिसकेका छन् । प्याट्रोन भैसकेकाहरूले कम्तिमा ५० हजारदेखि लिएर ६५ हजारसम्म दिएका छन् । कृष्ण पन्तले एकलाख दिने घोषणा गरेका छन् । उनले ५० हजार दिइसकेका छन् ।

अहिलेसम्म मन्दिरलाइ १५ हजार डलर प्रदान गरेर ६४ जना अनरेबल ट्रष्टी, ११ हजार प्रदान गरेर ८२ जनाले ट्रष्टी, तीनहजार ५ सय डलर दिएर चारसय दुइजनाले संस्थापक सदस्यता र ५ हजार तिरेर एकसय २२ जनाले अनरेबल संस्थापक सदस्यता लिइसकेका छन् ।

मन्दिरको दोस्रो र तेस्रो चरणको कार्यका लागि ठूलो रकम लाग्ने भएकोले ड्यालस फोर्टवर्थमा बसोबास गर्ने हरेक परिवारलाइ क्षमता अनुसारको सदस्यता ग्रहण गरेर सयोग गर्न मन्दिर व्यबस्थापले अनुरोध गरेको छ ।

५० हजार डलर दिएर प्याट्रोन बनेका दिपेश ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स सिटीका चीर परिचित सफल व्यवसायी हुन् । कैँयौ ग्याँस स्टेशनहरु, रियलस्टेटका साथै पछिल्लो समयमा बैंकिंग क्षेत्रमा उनको लगानी छ ।

अध्ययनका लागि अमेरिका आएका विकल ढकाल पनि निकै सफल व्यवसायी हुन् । स्टोरहरु, होटल, रियलस्टेट र पछिल्लो समयमा होलसेल व्यापारमा उनी स्थापित छन् ।

पेशाले ईन्जिनियर उपेन्द्र ढकाल अर्का सफल व्यवसायी हुन् । रियलस्टेटमा उनको ठूलो लगानी छ ।

 

*  प्याट्रोन अनिल पाठकको नाम भुलवशः छुट्न गएकोमा समावेश गरिएको छ ।