मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपाली पाठशालाको दीक्षान्त

नेपाली पाठशालाको दीक्षान्त


ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससले सञ्चालन गरेको नेपाली ग्लोबल पाठशालाका विद्यार्थीहरुको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको छ ।

युलेसको नवनिर्मित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार) मा आयोजित दीक्षान्त समारोहमा एकसय विद्यार्थीहरु सहभागी भएको प्रिन्सिपल पशुपति तिमिल्सिनाले जानकारी दिए ।

अनलाइन र भौतिक दुबै तरिकाबाट कक्षाहरु सञ्चालन भएका थिए । बालबालिकाहरुलाई नेपाली भाषा, धर्म संस्कृति तथा संस्कारका बारेमा केन्द्रित रहेर कक्षाहरु सञ्चालित थिए ।

नेपाली समाजले अब दुई महिनापछि बालबालिकाहरुलाई समर क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ । आउँदो जुलाई २२ देखि ३० तारिकसम्म समर क्याम्प सञ्चालन हुने भएकोले सहभागी हुनका लागि दर्ता गर्न आव्हान समेत गरेको छ ।

समर क्याम्प नेपाली समाज टेक्ससले हरेक बर्ष समरको समयमा बालबालिकाहरुका लागि आयोजना गर्ने सिग्नेचर प्रोग्राम हो ।

कार्यक्रममा बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, कार्यसमितिकी अध्यक्ष सीता सापकोटा लगायतले अहिलेका बालबालिकानै भविष्यमा नेपाली समुदायको नेतृत्व गर्ने र अघि बढाउने भएकोले उनीहरुलाई संस्कार एवं संस्कृति सिकाउन जरुरी रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य टीका पाैडेलले दीक्षित विद्यार्थीहरूलाइ प्रमाणपत्र वितरण गरेका थिए । त्यस अवसरमा नेपाली शिक्षिका भगवती पाैडेल, एनएसटी स्कुलका संयोजक भोजबहादुर बलायर लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।