मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ड्यालसमा खुल्यो एभरेष्ट क्रेडिट युनियनको शाखा

ड्यालसमा खुल्यो एभरेष्ट क्रेडिट युनियनको शाखा


ड्यालस (टेक्सस) । अमेरिकामा रहेका नेपाली समुदायको सकृयतामा स्थापित भएको एभरेष्ट क्रेडिट युनियनले आइतबारददेखि ड्यालसमा कारोवार सुरु गरेको छ ।

युलेसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवनमा बिजनेस सुइट भाडामा लिएर कारोवार सुरु गरेको हो । आइतबार दिउँसो स्थानीय समुदायको उल्लेख्य सहभागिताबीच क्रेडिट युनियनले कारोवार सुरु गरेको हो ।

एभरेष्ट क्रेडिट युनियनको मुख्य कार्यालय न्यूयोर्कमा रहेको छ । पशुपतिनाथ मन्दिरको पुजारी मेघराज निरौलाले स्वस्तीवाचन गरेर युनियनको उद्घाटन गरेका थिए ।

सानोतिनो व्यबसायीक कर्जा प्राप्त गर्नका लागि क्रेडिट युनियनबाट सजिलो हुनुका साथै नियमित वचत गर्न सकिने र वचतकर्ताहरुका लागि स्वतः जीवन बीमा जस्ता सुविधा दिइएको छ ।

ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स सिटीमा नेपाली समुदायको संख्या बढेसँगै व्यबसायमा कृयाशील पनि थपिदै गएका छन् । क्रेडिट युनियनले बिना धितो कर्जा प्रवाह गर्ने हुँदा व्यबसायका लागि सानोतिनो चालु पूँजी जुटाउन र वचतकर्ताहरुका लागि पनि सजिलो पर्ने धारणा सञ्चालकहरुको छ ।

अमेरिकामा बैंकहरुले नगण्य व्याज दिन्छन् । तर क्रेडिट युनियले राम्रो दरमा व्याज प्रदान गर्ने हुँदा वचतकर्ताहरुका निम्ति पनि आकर्षक हुने बताइएको छ ।