मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ड्यालस एभरेष्टलाई उत्कृष्ठ अवार्ड

ड्यालस एभरेष्टलाई उत्कृष्ठ अवार्ड


टेक्सस (अमेरिका) । ड्यालस एभरेष्ट लायन्स क्लबले तेस्रो पटक उत्कृष्ठ लायन्स क्लब अवार्ड प्राप्त गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा उत्कृष्ठ सामुदायिक कार्य गरे वापत ड्यालस एभरेष्ट लायन्स क्लबकी अध्यक्ष डा. विष्णुमाया उपाध्यायलाई लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर केन इबाराले अवार्ड हस्तान्तरण गरे । डिस्ट्रिक्ट टू एक्स वानमा पर्ने क्लबहरु मध्य ड्यालस एभरेष्टले उत्कृष्ठ अवार्ड प्राप्त गरेको हो ।

सन् २०२२ /२३ मा ड्यालस एभरेष्ट लायन्स क्लबले सञ्चालन गरेको गतिविधिका लागि उत्कृष्ठ लायन्स अवार्ड प्रदान गरिएको हो ।

सन् २००३ मा स्थापना भएको एभरेष्ट लायन्स क्लबले सामुदायिक गतिविधिमा आपूmलाई अग्रणी संस्थाका रुपमा परिचित गराएको छ । दुई महिना अघिमात्र घुम्ती स्वास्थ शिबीर सञ्चालनका लागि बस खरिद गरेको छ । रक्तदान, स्वास्थ शिविर, अर्भिंग सिटी सरसफाई लगायतका कार्यहरुमा यो क्लबले आफूलाई अब्बल संस्थाका रुपमा चिनाएको छ ।

पछिल्लो समयमा डा. उपाध्याय नेतृत्वमा आइसकेपछि गत मार्चमा टेक्ससको राजधानी अस्टिनको क्यापिटल हिलमा आयोजित कार्यक्रममा लायन्स क्लबलाई सम्मानित गरिएको थियो ।

त्यस्तै अर्भिंग सिटीले नेपाली नयाँ वर्षलाई मान्यता दिएको छ । सिटीमा मेयर रिक स्टोफरले गत अप्रिल ११ तारिक सिटीहलमा आयोजित विशेष कार्यक्रममा नेपाली नयाँ वर्षलाई मान्यता दिएको पत्र हस्तान्तरण गरेका थिए ।

शुक्रबार बाल्च स्प्रिंग चेम्बर अफ कमर्सले आयोजना गरेको विशेष कार्यक्रममा प्रेसिडेन्ट अवार्ड समेत प्रदान गरिएको छ । यसअघि ड्यालस एभरेष्ट लायन्स क्लबले सन् २०१६/१७ र २०२०/२१ मा पनि उत्कृष्ठ लायन्स क्लब अवार्ड प्राप्त गरिसकेको छ ।

ड्यालस एभरेष्ट लायन्स क्लबको नेतृत्वका लागि चुनाव नहुने परम्परा रहि आएको छ । त्यसले गर्दा अन्य संस्थाको जस्तो पदका लागि छिनाझप्टी नहुने कारणले यो संस्थालाई निकै सम्मानजनक रुपमा लिइन्छ ।