मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्वमा सफल नेपाली   

सिएनएसको नयाँ वर्ष वनभोज स्थगित

सिएनएसको नयाँ वर्ष वनभोज स्थगित


शेयर गर्नुहोस:

729
Shares

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)- सृजनशील नेपाली समाजले बृहत्तर ह्युस्टनको साइप्रस क्षेत्रमा आगामी आइतवार अप्रिल १६ का दिन गर्ने भनिएको बनभोज कार्यक्रम सहितको नयाँ वर्ष उत्सव मनाउने कार्यक्रम हाललाई स्थगित भएकोछ।

हिमालय खबरलाई सिएनएसका संस्थापक अध्यक्ष उमापति भुसालका तर्फबाट प्राप्त सूचना अनुसार गत हप्ताको खराब मौसम र आगामी सप्ताहन्तमा समेत खराब मौसमको संभावननाका कारण हाललाई नयाँ वर्ष बनभोज कार्यक्रम स्थगित भएको हो।

सिएनएसले बहुउद्देशीय सामुदायिक केन्द्र स्थापनाका लागि खरीद गरेको टम्बलस्थित जग्गामा नै चर्चित गायक हेमन्त शर्माको साङ्गीतिक प्रस्तुति समेत रहेको नयाँ वर्ष उत्सवको आयोजना गरेको थियो।

सिएनएसले कार्यक्रम स्थगनका कारण सहभागी हुन तयार रहनु भएकाहरुलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ भने स्थगित बनभोज र नेपाली नयाँ वर्ष उत्सव छिट्टै गरिने जानकारी गराएकोछ।

शेयर गर्नुहोस:

729
Shares