मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
टेक्सस   

लामिछानेको मृत्‍यु प्रकरण, अर्भिङ पुलिस छानबिन गर्दै

लामिछानेको मृत्‍यु प्रकरण, अर्भिङ पुलिस छानबिन गर्दै


टेक्सस – नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष स्व. कृष्ण लामिछानेको मृत्युपश्चात् समुदायमाझ प्रश्नमाथि प्रश्न निस्कन थालेका छन् । स्व. लामिछानेको मृत्युको पछाडि समुदायमा उत्पन्न यस्ता अनुत्तरित प्रश्नको उत्तर खोज्ने दायित्व पनि स्वयम् नेपाली समुदायकै रहेको छ ।

स्व. लामिछानेको मृत्युपश्चात् उनको अनुहारमा नीलडाम भएका तस्बिर सामजिक सञ्जालमा छरपष्ट देखिएका छन् भने अस्पष्ट भिडियोसमेत देखिएका छन् । यसरी देखिने भिडियो तथा तस्बिरहरूको बारेमा भने वास्तविकता बाहिर आउन सकेको छैन । यो कति समय अगाडिको हो भन्ने पनि प्रस्ट छैन । स्व. लामिछाने र उनको पत्नीबीच केही समयअगाडिबाट नै सम्बन्ध चिसिएको खबर बाहिरिएको थियो ।

Advertisement
ADVERTISEMENT

फोटो र भिडियो बाहिरिएपछि अब कानुनी बाटो के हुन सक्छ भनेर धेरैले चासो प्रकट गरेका छन् । सम्बन्धित पक्षको कुरा नसुनी निर्णायक बन्न नहुने कयौँको तर्क छ । यद्यपि, जे-जस्तो भए पनि बाहिर आएजसरी शारीरिक यातनाजस्ता अमानवीय कार्य भए/गरेको पुष्टि भएमा पीडकलाई  कारबाही गर्नुपर्ने सामाजिक संजालमा सबैले माग गरेका छन् ।

नेपाली समाज टेक्ससले अर्भिङ पुलिस डीपार्टमेन्टसँगको ईमेल कुराकानी सहितको रिपोर्ट सेयर गरेको छ , जसमा अर्भिङ पुलिस डीपार्ट्मेन्टले अनुसन्धान प्रारम्भिक चरणमा रहेको र यस बिन्दुमा त्यहाँ कुनै आपराधिक घटना भएको संकेत नभेटिएको जनाएको छ ।

यसैबीच, स्व. लामिछानेका बुवा रामप्रसाद लामिछानेले नेपालबाट अमेरिका आएर आफ्नो छोराको पार्थिव शरीर अन्तिम पटक हेर्ने ‍इच्छा देखाएका छन् । हाल स्व. लामिछानेका बुवाको पासपोर्टको म्याद सकिएकाले नवीकरण गर्न केही समय लाग्ने जनाइएको छ । बुवाको इच्छा पूरा गर्नुपर्छ भन्दै स्व. लामिछानेको शनिबार हुन लागेको अन्त्येष्टि रोक्न समुदायको ठूलो जमात एकमत देखिएको छ । साथै, सो जमातले नेपाली समाजलाई शनिबार गर्न लागिएको अन्त्येष्टि रोक्न आग्रहसमेत गरेको छ । यधपी, अन्तेष्टि शनिबार नै हुने जनाईएको छ ।

समुदायमा हुने सही कार्यलाई प्रोत्साहन र गलतलाई हतोत्साह गर्नु पनि समुदायकै दायित्व हुने हुँदा यसतर्फ सबैले समयमै सचेत हुन जरुरी छ ।

यो पनि पद्नु होला 

स्वर्गीय लामिछानेको शनिबार विहान अन्त्येष्टि गरिने

शेयर गर्नुहोस:

24.4k
Shares