मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

स्वर्गीय लामिछानेको शनिबार विहान अन्त्येष्टि गरिने

स्वर्गीय लामिछानेको शनिबार विहान अन्त्येष्टि गरिने

कसरी अमेरिकामा सदाका लागी अस्ताए नेपाली समाजसेवी ? स्वर्गीय कृष्ण लामिछानेको सम्झनामा (भिडियो सहित)


अमेरिका- टेक्सस स्थित घरमै मृत फेला परेका समाजसेवी कृष्णप्रसाद लामिछानेको आउने शनिबार अन्त्येष्टि गरिने भएको छ ।

टेक्ससमा नेपाली समुदाय विच आज दिउसो भएको  छलफलपछि परिवारको सहमतिमा स्वर्गिय लामिछानेको मार्च २५ तारिक शनिबार बिहान ११ बजे अन्त्येष्टि कार्यक्रम गर्ने निर्णय भएको हो ।

स्वर्गिय लामिछानेको अन्त्येष्टि हिन्दु परम्परा अनुसार गरिने पारिवारिक श्रोतले जनाएको छ। लामिछानेको ह्युजेस फेमिली ट्रिबुट सेन्टर, 9700 Webb Chapel Rd Dallas TX 75220 मा अन्त्येष्टि गरिने तय भएको सामाजिक अभियन्ता निरज श्रेष्ठले हिमालय खबरलाई बताए ।  अत्येष्टीमा सहभागी हुन चाहनेहरुले  पार्किङ अभाव हुने भएकोले सम्भव भएसम्म ‘राइड सेयरिङ’ गर्न नेपाली समाजले अनुरोध गरेको छ ।

मर्दा र पर्दा सधै सहभागी हुदैं आएका समाजसेवी लामिछाने मंगलवार सांझ  कोपेलस्थित आफ्नै घरमा  मृत फेला परेका थिए । उनको पार्थिक शरीरलाई प्रहरीले परिवारलाई वुझाएपछि शवगृहमा राखिएको छ । स्थानिय प्रशासनले पोष्टमार्टम रिपोर्ट दिन बांकी छ ।

समाजसेवी लामिछानेको असामान्य निधनप्रति नेपाली समाज सोकमग्न भएको छI समाजिक संजालमा नेपाली समुदायका सदस्यहरुले  शोक व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरिरहेका छन् ।

यसैबीच लामिछानेको निधनलाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्दा कसैप्रति अपुष्ट आक्षेप र घृणा व्यक्त नगर्न नेपाली समाजले हार्दिक अपिल गरेको छ ।

स्वर्गिय लामिछानेका श्रीमती र दुई छोरीहरु छन् I लामिछाने नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष हुन् भने एनआरएनए अमेरिकाको पछिल्लो चुनाबमा अध्यक्ष पदमा प्रत्याशी  थिए । उनी नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना कालदेखि नै सकृय रहदै आएका थिए।

यो पनि पढ्नु होला 

टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछानेको निधन