मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछानेको निधन

टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछानेको निधन


टेक्सस(अमेरिका)-  टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने टेक्सस स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युको समाचार लगत्तै स्थानिय नेपाली समुदाय उनको घरमा पुगेको थियो । मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ ।

लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए ।

Advertisement

टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए । लामिछाने टेक्ससमा नेपाली समुदायलाई आपत विपत पर्दा सधै पुग्ने गरेका थिए । लामिछानेको मृत्युले टेक्ससको नेपाली समाजलाई अपूरणीय क्षति भएको छ ।

यो पनि पढ्नु होला 

स्वर्गीय लामिछानेको शुक्रवार विहान अन्तेष्टि गरिने

शेयर गर्नुहोस:

322.1k
Shares