मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

‘छोरीले जन्माएका आमाहरु’ टेक्ससमा पुस्तक चर्चा

‘छोरीले जन्माएका आमाहरु’ टेक्ससमा पुस्तक चर्चा


ड्यालस (टेक्सस) । टेक्ससकी निर्मला राई लगायत अमेरिकामा रहेका १२ लेखिकाहरुले आफ्नी आमाका बारेमा लेखेको कृति छोरीले जन्माएका आमाहरु आइतबार ड्यालसमा पुस्तक चर्चा गरियो ।

निर्मला राई, अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सस च्याप्टर

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले आमाको देनका बारेमा चर्चा गरेका थिए । विगत २२ वर्षदेखि ड्यालसमा बस्दै आएकी राई हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सस च्याप्टरकी अध्यक्ष समेत हुन् ।

कृतिका बारेमा आइतबार ड्यालसमा आयोजित पुस्तक चर्चा कार्यक्रममा वक्ताहरुले छोराछोरीलाई क्षमतावान बनाउन सबैभन्दा ठूलो हात आमाको हुने हँुदा उहाँहरुको बारेमा पुस्तक लेखिनु अरुका निम्ति पनि प्रेरणाको विषय भएको चर्चा गरे ।

साहित्यकार बिटु केसी बराल

कार्यक्रममा अनेसास टेक्सस च्याप्टरका संस्थापक अध्यक्ष भीम कार्की, साहित्यकारहरु बिटु केसी बराल, बासु शर्मा, सुमन काजी लगायतले पुस्तकका बारेमा चर्चा गरेका थिए ।

छोरीले जन्माएका आमाहरु कृतिमा १२ आमाहरुका बारेमा छोरीले लेखेका छन् । मञ्जु थापाको परिकल्पना तथा संयोजन, जयदेव गौतमको सम्पादनमा प्रकाशित पुस्तकमा लेखकहरुले आफ्नी आमाको संघर्षका विषयहरु लेखेका छन् ।

साहित्यकार भीम कार्की
साहित्यकार बासु शर्मा