मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपाली समाजद्वारा नारी दिवस कार्यक्रम

नेपाली समाजद्वारा नारी दिवस कार्यक्रम


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शनिबार एक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

टेक्सस राज्यकी सांसद टेरी मेजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युलेस सिटीकी मेयर लिण्डा मार्टिन, नेपालकी पूर्ब सांसद डा. बिन्दा पाण्डे लगायतले महिला अधिकारको अवस्थाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा पूर्ब सांसद पाण्डेले नेपाली महिलाको वर्तमान अवस्था र उपलब्धिका बारेमा पावरप्वाइन्ट प्रस्तुत गर्दै इतिहासदेखि वर्तमानसम्मको गतिविधिका बारेमा चर्चा गरेकी थिइन् ।
नेपालको संसदमा महिला सहभागिता उत्कृष्ठ रहेको तथ्यांक प्रस्तुत गर्दै डा. पाण्डेले जम्मा तीनसय ३३ दशमलव ५ प्रतिशत महिला रहेको समेत उल्लेख गरिन् ।

सोही अवसरमा युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको प्रस्तुती एवं कृयाशीलतालाई लिएर प्रशंसा गरेकी थिइन् । टेक्सस स्टेट हाउसकी सांसद टेरी मेजाले नेपालीहरुको सहभागिता हरेक क्षेत्रमा निकै सकृय रहेको चर्चा गर्दै आपूmले सहयोग गर्दै आएको बताइन् ।

नेपाली समाज टेक्ससकी उपाध्यक्ष डा. विष्णुमाया उपाध्याय, महिला संयोजक गुञ्जन भण्डारी, सब्दिता प्याकुरेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुबाट नृत्य पनि प्रस्तुत गरिएको थियो ।