मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
मुख्य समाचार   

टोरन्टोमा एनआरएनको क्षेत्रीय सम्मेलन

टोरन्टोमा एनआरएनको क्षेत्रीय सम्मेलन


गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अमेरिका क्षेत्रको क्षेत्रीय सम्मेलन क्यानाडाको टोरान्टो शहरमा यही आउँदो मे महिनाको १३ र १४ हुने भएको छ ।

क्षेत्रीय सम्मेलनलाई भव्य, सभ्य रूपमा सफल पार्न यस क्षेत्रका द्वय क्षेत्रीय संयोजक, महिला संयोजक, क्षेत्रीय उप-संयोजकहरु, आईसिसी सदस्यहरु, र अमेरिकाज क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु रहेको एक मूल आयोजक समिति गठन गरिएको उपक्षेत्रीय संयोजक तथा प्रचार समितिका संयोजक रामकुमार सुवेदीले जानकारी दिए l मूल आयोजक समितिलाई राय, परामर्श दिन अन्तराष्ट्रिय समन्वय परिषदका त्रय अध्यक्षहरु, अमेरिकाज क्षेत्रमा रहेका आईएसका पदाधिकारीहरु रहेको सल्लाहाकार समिति समेत गठन गरेको छ I

सम्मेलनसँग आवश्यक विषयहरुमा केन्द्रीय कार्यालयसँग समन्वय गर्न र तत्काल कुनै आवश्यक निर्णय गर्नु परेमा क्षेत्रीय संयोजक द्वय प्रकाश सापकोटा, राम सी पोखरेल, सम्मेलन मूल आयोजक कमिटीका सदस्य सचिव दीपक गौतम र राम कुमार सुबेदी रहेको एक व्यवस्थापन समिति समेत गठन भइसकेको छ ।

सम्मेलनका तयारी, सम्मेलन कार्यक्रम र समापन बारे र अन्य विविध विषयमा जानकारी दिन यस क्षेत्रका उप-संयोजक रामकुमार सुबेदीको संयोजकमा एक सूचना समिति (मिडिया/पब्लिकेसन कमिटी) समेत गठन गरिएको छ I सम्मेलनलाई भव्य, सभ्य, सुसज्जित, सुव्यवस्थित र उद्धेश्यमूलक बनाउन अन्य विभिन्न समितिहरुको निर्माण समेत गरिएको छ I
उक्त सम्मेलनमा नेपाल र बाहिर रहेका विशेषज्ञहरुबाट बिभिन्न विषयहरुमा कार्यपत्रहरू प्रस्तुत गरिदैछ ।

अमेरिकाज क्षेत्रको क्षेत्रीय सम्मेलनलाई भब्य र सभ्य रूपमा सफल पार्न अमेरिकाज क्षेत्रमा रहेका एनआरएन अभियन्ता, सम्पूर्ण गैर आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाई र सम्मानित संचारकर्मी, पत्रकार, बिभिन्न पेशा र व्यवसाय गरी बस्नु भएका पेशाकर्मी र व्यवसायीहरुलाई नैतिक, आर्थिक भौतिक सहयोग र समर्थन गरिदिन हुन गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाज क्षेत्र सबैमा अपील र अनुरोध गरेको छ ।