मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपाली समेतको लगानीमा अमेरिकामा बैंक

नेपाली समेतको लगानीमा अमेरिकामा बैंक


टेक्सस । नेपाली समुदायका अग्रज व्यबसायी समेतको लगानी रहेको ग्लोबल वान बैंकले लगानीकर्ताहरुसँग शनिबार साँझ छलफल गरेको छ ।

हालैमात्र केही बैंकहरु गाभिएर एक भएको ‘ग्लोबल वान बैंक’ मा विशेषगरि एसियन समुदायको लगानी रहेको छ । नेपाली, भारतीय, पाकिस्तानी, कोरिएन, चिनियाहरुको यो बैंकमा लगानी रहेको छ ।

कार्यक्रममा वक्ताहरुले ठूला बैंकहरुले व्यबसायमा लगानी गर्दा धेरै कागज, धितो माग्ने कारणले समुलायको आर्थिक प्रगतिमा आफ्नै समुदायको बैंक सहयोगी हुने विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाली लगानीकर्ताका तर्फबाट दिपेश श्रेष्ठले धारणा राख्दै लगानी गर्न र व्यबसाय प्रवद्र्धनका लागि बैंक सहयोग गर्न तत्पर रहेको उल्लेख गरे ।

फस्ट ग्लोबल बैंकको मुख्य कार्यालय टेक्ससको ह्युस्टनमा रहेको छ । कार्यक्रममा सहभागी हुनका लागि अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका नेपाली समुदायका सदस्यहरु समेत ड्यालस आएका थिए ।