मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   

हामी नेपाली ग्लोबलको चौतिसऔँ च्याप्टरमा बिस्तार

हामी नेपाली ग्लोबलको चौतिसऔँ च्याप्टरमा बिस्तार


“हामी नेपाली ग्लोबल”संस्था हालसम्म विश्व भरिका बिभिन्न देशमा चौतिसवटा च्यापटरहरु बिस्तार भैईसकेको छ । यस संस्थाको स्थापना २४ नोभेम्बर २०१८ मा भएको हो।

संस्थाका केन्द्रिय अध्यक्ष अमृत लामाका अनुसार “हामी नेपाली ग्लोबल” नेपाल र नेपालीलाई समृद्द बनाउने उदेश्यले सबै जात, धर्म वा वर्गलाई समेटेर बिशुद्द स्वतन्त्र संगठनको रुपमा स्थापना गरिएको संस्था हो । यो संस्था हालै “हामी नेपाली ग्लोबल युएसए च्यापटर” र “हामी नेपाली ग्लोबल सेशेल्स च्याप्टर” गठन भएको छ । उनले भने यो संगै हामी नेपाली ग्लोबलको हालसम्म चौतिसवटा च्यापटरहरु गठन भएका छन् । “हामी नेपाली ग्लोबल युएसए च्यापटर” इन्दिरा त्रिपाठीको नेतृत्वमा गठन भएको छ भने “हामी नेपाली ग्लोबल सेशेल्स च्याप्टर” दिपेन्द्र कुँवरको नेतृत्वमा गठन भएको छ । अन्य देशहरुमा पनि संस्था बिस्तारको पहल तथा प्रक्रिया भैईरहेको छ।

यस संस्थाका पहिलो उपाध्क्ष (कलेजपोइन्ट सिभिक वा ट्याक्स्पेयर्स एसोशिएसनका अध्यक्ष एशियन अफियर्स एरिक एडमका सल्लहकार) रहेका नवराज केसीले अमेरिकाका अन्य राज्यहरुमा पनि हामी नेपाली ग्लोबलका च्यापटर बिस्तार गर्ने पहल भैइरहेको जानकारी दिए।

छोटो समयमा नै विश्वभरी यतिधेरै च्यापटर बिस्तार गर्न सफल भएको यो संस्थाले काम गरेर देखाउन भने बाँकी नै छ ।संस्थाको उद्देश्य अनुसार नेपाल समृद्द बनाउन नेपालमा पर्यटक भित्राउन बिशेष भूमिका खेल्न विश्वाभरीका च्यापटर हरुलाई आवहान गर्दै आएको छ । नेपाल कृषि प्रधान देश भएको कारण पनि आउदो कार्यक्रममा अझ शसक्त रुपमा नेपालमा कृषिजन्य उत्पादनको मात्रा बढाउदै विश्वभरिका बजार निर्यात गर्न उत्साहित गर्ने योजना रहेको छ ।

यस संस्थाको बिधान अनुसार हरेक तीन बर्षमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिने छ। आजकाल देखिएको अरु कुनै पार्टी अथवा संस्थाहरु जस्तै एक भन्दा धेरै ब्यक्ति अध्यक्ष नरहने र एकपटक नेतृत्व चयन भएपछी उसैले निरन्तर आफ्नो एकाधिकार जमाएर नेतृत्वमा रहिरहने ब्यबस्था छैन। सदैव यस हामी नेपाली ग्लोबल संस्था आफ्नो बिधान अनुसार सन्चालन हुने छ । संस्थाको बिधान बाहेक कुनै पनि किसिमको कृयाकलापहरुले संस्थामा मान्यता पाउने छैन।

यस संस्थामा सहकार्य र सर्वसम्मत नेतृत्व अथवा पदाधिकारी चयन हुनेछ । यस संस्थामा हाल सम्म नेपालीहरुलाई मात्रै समाबेश गरिदै लगिएकोमा आगामी दिनहरुमा संस्थामा आबद्द हुन चाहने अन्य देशका नेपाली भाषीहरु पनि समाबेश गरिने योजना रहेको छ ।