मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

हर्षोल्लासको होली (भिडियो सहित)

हर्षोल्लासको होली (भिडियो सहित)

ड्यालस, ह्युस्टन र अस्टिन लगायतका शहरहरुमा फागु पूर्णिमा भव्यताका साथ मनाए


ड्यालसमा नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघको  संयुक्त होली

ड्यालस (अमेरिका) । रंगको पर्वका रुपमा मनाईने फागु पूर्णिमा अर्थात होली आइतबार अमेरिकाका बिभिन्न स्थानमा रहेका नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन् ।

ड्यालसमा नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघको  संयुक्त होली

टेक्सस राज्यको ड्यालस, ह्युस्टन र अस्टिन लगायतका शहरहरुमा फागु पूर्णिमा अनेक रंग दलेर भव्य रुपमा मनाइएको समाचार हाम्रा स्थानीय संवाददाताहरुले पठाएका छन् ।

ड्यालसमा नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघको  संयुक्त होली

ड्यालसको ग्रेपभाइन लेक छेउमा नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघले संयुक्त रुपमा आयोजना गरेको फागु तथा होली पर्वमा विगतका बर्षहरुको भन्दा विशेष चहलपहल थियो ।

नेपालबाट आएका वृद्ध बा आमादेखि लिएर यहाँ बसोबास गर्दै आएका बिभिन्न उमेर समूहका व्यक्तिहरुले एक अर्कालाई रंग दलेर मनाए । त्यस अवसरमा बिभिन्न भेषभुषा तथा सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो ।

शनिबार पनि केही संगठनले फागु अर्थात होली पर्व मनाएको भएपनि आइतबार भने विशेष र अहिलेसम्मकै सबैभन्दा बढी सहभागिता भएको आयोजकहरुले दावी गरेका छन् ।

जहाँ भएपनि हामी नेपालीः नेप्लिज एशोसियसन अफ ह्युस्टनको आयोजनामा टेक्ससको ह्युस्टनमा फागु पर्वको रमझम

त्यस्तै आइतबारनै अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनमा पनि फागु पर्व मनाईको छ । हाम्रा ह्युस्टन संवाददाता सुजन पण्डितका अनुसार मौसम राम्रो भएकोले सर्वसाधारणहरु एक ठाउँमा जम्मा भएर होली पर्व भव्यताका साथ मनाएका थिए ।

ड्यालसमा नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघको  संयुक्त होली

उता टेक्ससको राजधानी शहर अस्टिनमा पनि नेपाली समुदायले होली पर्व मनाएको स्थानीय संवाददाता भीषण न्यौपानेले जनाएका छन् । उनका अनुसार ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को आयोजना भएको होलीमा ५ सयको हाराहारीमा नेपाली समुदायको सहभागिता थियो ।

टेक्ससको राजधानी अस्टिनमा ग्यान्सले आयोजना गरेको होली २०२३

टेक्ससको राजधानी अस्टिनमा GANS ले आयोजना गरेको होली २०२३
टेक्ससको राजधानी अस्टिनमा GANS ले आयोजना गरेको होली २०२३
टेक्ससको राजधानी अस्टिनमा GANS ले आयोजना गरेको होली २०२३
टेक्ससको राजधानी अस्टिनमा GANS ले आयोजना गरेको होली २०२३