मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

टेक्ससको नयाँ मन्दिरमा गजुर प्रतिस्थापना

टेक्ससको नयाँ मन्दिरमा गजुर प्रतिस्थापना


ड्यालस (टेक्सस) । नेपाली समुदायको सकृयतामा ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगत पर्ने युलेस सिटीमा निर्माणाधिन मन्दिरमा शुक्रबार गजुर प्रतिस्थापन कार्य सम्पन्न भएको छ ।

हाल अर्भिंग सिटीमा रहेको मन्दिरलाई भव्य संरचना सहित युलेसमा स्थानान्तर गर्ने क्रममा पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । युलेस सिटीबाट केही सुपरिवेक्षण बाँकी रहेको र त्यो पुरा हुनासाथ अर्भिंगमा रहेको मन्दिर युलेस सर्नेछ ।

शुक्रबार युलेसको मन्दिरको मुलद्वारमा तीनवटा गजुर प्रतिस्थापन गरियो । मन्दिरका मुल पुजारी डा. शेखरप्रसाद पण्डित, पुजारी मेघराज निरौलाले विधिवत रुपमा पूजा गरेर गजुर प्रतिस्थापन गरिएको थियो ।


कार्यक्रममा मन्दिरका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु लगायत स्थानीय समुदायको उपस्थिती रहेको थियो । अर्भिंगको भन्दा ठूलो क्षेत्रफल, प्रशस्त पार्किंग रहेको र भविष्यमा पशुपतिनाथकै जस्तो मन्दिर तथा ध्यान गर्न मिल्ने गुम्बज सहितको स्तुपा बनाउने योजनामा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र रहेको छ ।

सिटीबाट बाँकी सुपरिवेक्षण भैसकेपछि छिटै मन्दिर सार्ने योजना रहेको छ । त्यतिन्जेलसम्मका लागि अर्भिंगकै मन्दिरबाट साविक बमोजिमका कामहरु हुनेछन् । भवन भित्र र बाहिरका सबै निर्माणकार्य पुरा भैसकेका छन् । ढिलोमा अप्रिल र चाँडोमा यहि मार्च महिनाभित्रमा मन्दिरको नयाँ ठेगाना युलेस भैसक्ने संभावना रहेको मन्दिरका पदाधिकारीहरुले अनौपचारिक रुपमा बताए ।