मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क   

न्युयोर्कको राजधानी अल्बानीमा मधेसीले होलि मनाउने

न्युयोर्कको राजधानी अल्बानीमा मधेसीले होलि मनाउने

विनोद शाह

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तराई मधेसको ठुलो चाड होलि पर्व यसपाली न्युयोर्कको राजधानी अल्बनिमा धुमधाम संग मनाउने तयारी भएको छ। नेपालको मधेस क्षेत्रवाट प्रतिनिधित्व गर्ने बाहुल्य मधेसी समुदायको सक्रियतामा राजधानी क्षेत्रमा अहिले सम्मकै ठुलो होलि पर्व मार्च ११ तारिख शनिवारको दिन मनाउने सम्पूर्ण तयारी भैसकेको कार्यक्रमका संयोजक तथा स्थानीय समाजसेवी श्री बबन कर्णले जानकारी गरायका छन् ।

अल्बानी राजधानी क्षेत्रमा हिमाल, पहाड र तराई-मधेस गरि १५० भन्दा बढी नेपाली परिवारको बसोबास रहेको हुँदा सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुनको लागि आह्वान गरिएको मेडिया संयोजक श्री विनोद शाहले जानकारी गराएका छन्। साथै यस्ता कार्यक्रमको आयोजनाले अमेरिकाको व्यस्त जीवन शैली, र कामको चटारोवाट एक दिनको लागि भए पनि समुदायको व्यक्तिहरुलाई राहत दिने र बालबच्चा हरुले पनि रमाइलो गर्न पाउने तथा यसले एक आपसमा आपसी भाइचारा र सांस्कृतिक प्रवर्धनमा पनि सहयोग पुग्ने कुरा शाहले बताएका छन्।

सनकटेडी काउण्टीको सेन्ट्रल पार्कमा विहान ११ बजे देखि साँझको ५ बजे सम्म आयोजना हुने यस होलि कार्यक्रमको लागि एक व्यक्तिको १५ डलर र परिवार सहित सहभागी हुनेलाई २५ डलर टिकट निर्धारण गरिएको छ जुन कार्यक्रम स्थान मै दिन सकिने अथवा सम्पर्क व्यक्तिहरु मध्ये जो कोहिलाइ फोन गरेर दिन सकिने छ।

मधेस क्षेत्रको विभिन्न होलिका मिठो-मिठो परिकारहरुको साथै बिभिन्न भोजपुरी, नेपाली र हिन्दी डिजे गीत र संगीतको तालमा डान्स गर्ने मुडमा हुनु हुन्छ भने साथी भाइ र परिवारको साथमा मार्च ११ तारिखको दिन छुट्टि मिलाएर सनकटेडी काउण्टीको सेन्ट्रल पार्कमा आउनुहोस । साथै होलि कार्यक्रमको हरेक अपडेटको लागि फेसबुक समुह https://www.facebook.com/groups/576223914108344 मा जोडिन र होलीमा भाग लिदै हुनुहुन्छ भने कृपया यो लिंकमा https://forms.gle/ni6C1W5sqDpayGya7 गएर RSVP गरिदिनु हुन् शाहले सबैलाई अनुरोध गरेका छन्

कार्यक्रमको आयोजना स्थानीय कलब र मधेसी एसोसियन इन अमेरिकाको संयोजकत्वमा भैरहेको कुरा श्री पवन गुप्ताले बताएका छन् ।