मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. प्रेम प्रसाद आचार्यको आत्माले चिर-शान्ति प्राप्त गरोस । हार्दिक श्रद्धा सुमन सहित समर्पित आत्मदाह

स्व. प्रेम प्रसाद आचार्यको आत्माले चिर-शान्ति प्राप्त गरोस । हार्दिक श्रद्धा सुमन सहित समर्पित आत्मदाह

विनोद शाह

मुटु जल्छ भने जलोस
तर कसैको शरीर नजलोस।
देशमै इलम गरेर बस्छु भन्नेहरुलाई
अकालमै आत्मदाह गर्न नपरोस।।

दस वर्ष परिवर्तनको नाम भजायौ
हजारौको ज्यानको आहुति दिलायौ।
तर उही सत्ता र भत्ताको चित्तामा
आफ्नो सम्पूर्ण स्वाभिमान जलायौ।

देशमा उधोग र सिप होइन
राजनीतिको खेति गर्न सिकायौ।
व्यापारी, ठेकेदारी र घुसखोरी तन्त्रवाट
देसबासीलाई डिप्रेसन रआत्मदाह गर्ने
अवस्थामा पुर्र्यायौ।।

व्यवस्था र सत्तात् परिवर्तन भो
तर जनताको जीवन कहिले परिवर्तन भएँन।
त्यसैले, जाग-जाग हे जनता, अति नै भो
अब पनि चुप लागेर बस्नु र सहनु भएँन।।

विनोद शाह
कलैया,
हाल: अमेरिका