मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
बिजनेस/ इकोनोमी   

विदेश जाने युवाको विषय अब राष्ट्रिय बहसको विषय हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

विदेश जाने युवाको विषय अब राष्ट्रिय बहसको विषय हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र अब चुप लागेर नबस्ने

तस्बिर: सामाजिक संजाल

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई रुपान्तरण गर्ने सामर्थ्य राख्ने युवा देश बाहिर रहेको हुँदा दलका नेताहरुलाई हाइसञ्चो भएको भान भए पनि कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरु अहिले निराश भएको भन्दै यो राष्ट्रिय बहसको विषय हुनुपर्ने जिकिर गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले काम खोज्दै विदेश पुगेका युवा र देशको आर्थिक दुरास्थालाई मुख्य केन्द्र बनाएर राजनीतिक सन्देश दिनेगरी विगतको भन्दा लामो सन्देश सार्वजनिक गरेका हुन् ।

Advertisement

उनले सन्देशको निष्कर्षमा भनेका छन्, “नेपालको निरन्तर अद्योगतिप्रति अब हामी मौन रहन सक्दैनौँ ।”

देशको अर्थतन्त्र मन्दीमा गएका बेला पूर्वराजा ज्ञानेन्द्रले यस्तो सन्देश दिएका हुन् । आर्थिक सुधार प्रक्रियालाई बेवास्ता गर्दा देशको अर्थतन्त्र संकटमा पुगेको छ । अप्रत्यक्ष रुपमा व्यवसायमा समेत संलग्न भएका पूर्वराजाले यसपटक आर्थिक मुद्दालाई मुख्य रुपमा उठाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र र उनको परिवार केही दिनअघि झापा जिल्लामा आयोजित सार्वजनिक कार्यक्रममा देखिएका थियो । त्यहाँ उनको सहभागितालाई लिएर विभिन्न कोणबाट विष्लेषण भइरहेको छ ।

सन्देशमा उनले युवाहरुलाई सम्बोधन गर्दै भनेका छन्, “विगत बीस वर्षमा दसौँ लाख युवाहरु विदेश पलायन र फराकिलो डायास्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।”

पूर्वराजाको यो सन्देशले उनी अब राजनीतिमा सक्रिय हुन खोजेको संकेत गर्छ । तस्बिर : सामाजिक सञ्जाल

शेयर गर्नुहोस:

1.5k
Shares