मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

समिर रावलको अध्यक्षतामा नेपाली इन्जिनियरहरुको नयाँ कार्यसमिति

समिर रावलको अध्यक्षतामा नेपाली इन्जिनियरहरुको नयाँ कार्यसमिति

सुजन पण्डित

शेयर गर्नुहोस:

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)- नेपाली इन्जिनियरहरुको संस्था अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको ह्युस्टन च्याप्टरको हालै सम्पन्न एक भेलाले व्यवसायी एवं समाजसेवी समिर रावलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

स्थानीय हिमालयन आशियाना रेष्टुँरामा आयोजित ह्युस्टनका इन्जिनियरहरुको उपस्थितिमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिको चयन गरेको हो।

ह्युस्टनमा विभिन्न पेशा र व्यवसायका माध्यमबाट ह्युस्टनको नेपाली-अमेरिकन समुदायमा सक्रिय नेपाली इन्जिनियरहरु मध्येबाट नौ सदस्यीय कार्यसमिति गठन भएको हो। सर्वसम्मत चुनिएको कार्यसमितिको उपाध्यक्षमा नवराज पन्त (पि.इ.), सचिवमा प्रकाश भाट (पि.इ.) र कोषाध्यक्षमा अब्दुल अन्सारी निर्वाचित भएका छन्। यसैगरी सदस्यहरुमा डा. विजय झा (पि.इ.), साहस श्रेष्ठ (पि. इ.), अनुसा पोखरेल, रिपेन्द्र अवाल र राजु रेग्मी चुनिएका छन्।

ह्युस्टन च्याप्टरका निवर्तमान अध्यक्ष सुवास पौडेल ( एस.इ.) को संयोजकत्वमा भएको भेलाले नयाँ कार्यसमितिको चयन गरेको हो। कार्यक्रममा अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सका पूर्व अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ लगायत सोसाइटीका पूर्व पदाधिकारी र सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

ह्युस्टनमा मात्र सयौंको संख्यामा नेपाली इन्जिनियरहरु विभिन्न पेशा र व्यवसायमा संलग्न रहेकाछन्। नयाँ र युवा इन्जिनियरहरुलाई समेत समेटेर ह्युस्टन च्याप्टरलाई नेपाली समुदायको हितमा सक्रिय बनाउने लक्ष्य राखेको नव निर्वाचित अध्यक्ष रावलले हिमालय खबरलाई बताएकाछन्।