मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

भ्यालेन्टाइन डे (१४ फेब्रुअरी) अर्थात प्रेम/प्रणय दिवसप्रति समर्पित, सुपेन्द्र बस्नेतको एकल एल्बम ‘बिन्ती’ बाट

भ्यालेन्टाइन डे (१४ फेब्रुअरी) अर्थात प्रेम/प्रणय दिवसप्रति समर्पित, सुपेन्द्र बस्नेतको एकल एल्बम ‘बिन्ती’ बाट

''पर्ख त्यसरी नतर्क...''


पर्ख …
त्यसरी नतर्क…
म पनि त तिम्रो नै हुँ, एकैछिन त पर्ख…
दुइ दिने जिन्दगीमा, तिम्रो नै छ मलाई भर…
चोखो माया लगाउनलाई नमान है रत्ती डर…
(पर्ख…त्यसरी नतर्क…)२

माया गर्दा नबुझे झैं तर्की हिड्ने तिमी कस्ती…
जिउडाल हेर्दा काटीकुटी स्वर्गकी नै परी जस्ती…
तिम्रो सामु बोल्न खोज्दा जिब्रो मेरो लरबराउछ…
सपनीमा तिम्रै नाम लिइ ओठ मेरो बरबराउछ…
(पर्ख…त्यसरी नतर्क…)२

म पनि त तिम्रो नै हुँ, एकैछिन त पर्ख…
दुइ दिने जिन्दगीमा तिम्रो नै छ मलाई भर…
चोखो माया लगाउनलाई नमान है रत्ती डर…
(पर्ख… त्यसरी नतर्क …)२

जुनी जुनी साथ दिने कसम पनि खाइदिउला…
चोखो माया लगायौ भने हेटौंडा नै लैजाउला…
हेटौंडाको स्मारक तिमीलाई घुमाउला है…
रुखो पिठो जे जे हुन्छ बाँडीचुँडी खाउला है…
(पर्ख…त्यसरी नतर्क…)२

म पनि त तिम्रो नै हुँ, एकै छिन त पर्ख…
दुइ दिने जिन्दगीमा तिम्रो नै छ मलाई भर…
चोखो माया लगाउनलाई नमान है रत्ती डर…
(पर्ख.. त्यसरी नतर्क ……)३