मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
मुख्य समाचार   

टर्की र सिरियामा ठूलो भुकम्म

टर्की र सिरियामा ठूलो भुकम्म


 इस्तानबुल (टर्की) । युरोपको एसियामा पर्ने मुलुक टर्की र सिरियामा सोमबार एकाबिहानै शक्तिशाली भुकम्प जाँदा सयौं मानिसहरुह हताहत भएका छन् ।

बिभिन्न स्रोतहरुको हवाला दिँदै सिएनएनले जनाए अनुसार यो समाचार तयार पार्दा सम्म एकसय १८ जनाको भुकम्पमा परेर मृत्यु भएको छ। ७ दशमलव ८ म्याग्नेच्युटको भुईचालोले टकीमा ७६ जना र छिमेकी मुलुक सिरियामा ४२ को निधन हुनुका साथै हजाराैँ घाइते भएका छन् ।

सन् १९३९ यताको यो सबैभन्दा शक्तिशाली भुईचालो रहेको जनाइएको छ। सन् १९३९ मा ३० हजारको मानिसहरु भुकम्पमा परि निधन भएको थियो । १२ मिनेटको अन्तरमा दुई शक्तिशाली भुकम्प जाँदा घरमा सुतिरहेका धेरै मानिसहरु हताहत भएको अनुमान गरिएको छ । जाडो समय रहेको र हिउँ समेत परेकोले उद्धारमा कठिनाई परिरहेको छ । तस्विर: सामाजिक संजाल

हेर्नुहोस् भूकम्प जाँदाको भिडियो: