मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

गौतम अदानीले दुई सातामा झण्डै ६० अर्ब डलर सम्पत्ति गुमाए

गौतम अदानीले दुई सातामा झण्डै ६० अर्ब डलर सम्पत्ति गुमाए

नेपाली व्यवसायीको अवस्था पनि यस्तै होला ?

गौतम अदानी

अमेरिका- दुई साता अघिसम्म भारतका गौतम अदानी विश्वकै चौथो धनी व्यक्तिको सुचीमा थिए । आफ्नै बलवुताले कमाएको १२० अर्ब अमेरिकी डलर सम्पत्तिका साथ उनी विल गेट्स र वारेन वुफेट भन्दा पनि धनी भएका थिए ।

शेयर बजारमा सर्ट सेल कारोवार गर्ने (नाफाका लागि उधारोमा शेयर लेनदेन गर्ने ) अमेरिकीन कम्पनी हिडेनवर्ग रिसर्चले अदानीका कम्पनी माथि वित्तीय धोकाधडीको प्रश्न उठायो ।

Advertisement

यही कारण अदानीका कम्पनीले दुई साता भित्र ११० अर्ब अमेरिकी डलर वरावरको सम्पत्ति गुमाए । गौतम अदानीको सम्पत्ति घटेर ६१ अर्ब डलरमा झर्यो ।

यद्यपी अदानी समुहले उक्त रिसर्चको रिपोर्टलाई आधार हिन झुठो भन्दै खण्डन गरेको छ । तर, अदानी इन्टरप्राइेजजको शेयरको मूल्य भने त्यस यता लगातार घटिरहेको छ । लगानीकर्ता अझै अन्यौलमा परेका छन् यो विषय भारतको संसदमा पनि उठेपनि त्यहांको सरकारले अनुसन्धान गर्ने तयारी गरेको वताईएको छ ।

गौतम अदानी को हुन् । भारतको केन्द्रिय बैंक र शेयर कारोवार सम्पत्ति मुख्य निकाय सेवीले पनि यो अवस्थालाई निकटवाट अध्ययन गरिरहेको वताईएको छ ।

गौतम अदानी भारतका नामुद व्यवसायी हुन् । ६० बर्षिय अदानीले ३० बर्ष अघि व्यवसायमा हात हालेका थिए । कलेजको पढाई पुरा नगरी छाडेका अदानीले पुर्वाधार, खानी, उर्जा लगायत कयौं क्षेत्रमा लगानी गरेका छन् । उनी एशियाका सवैभन्दा धनी व्यक्ति पनि भएका थिए । उनले छोटो समयका लागि भए पनि एमाजोनका जेफ बजोसलाई समेत सम्पत्तिमा पछि पारेका थिए ।

उनलाई भारतमा त्यहांको प्रधानमन्त्री नरेन्द्र मादी निकट व्यवसायी भएको हुदां कयौं फाइदा लिएको भन्दै आलोचना पनि गरिन्छ । अदानी पनि मोदीको गृह राज्य गुजरातवाटै उदाएका हुन् । कयौं व्यवसायमा मोदीको सहयोग रहेको आरोप लाग्ने गरेको छ ।

तस्बिर : सामाजिक संजाल
तस्बिर : सामाजिक संजाल

अदानी समुहलाई लागेको आरोप
गत जनवरी २४ मा हिडनवर्ग रिसर्चले अदानी इन्टप्राइजेजले ठुलो ऋण लिएको, यस अन्तर्गतका कम्पनीको शेयरको मुल्य वास्तविकता भन्दा वढी भएको, बजारलाई गलत रुपमा सुचना दिएको जस्ता आरोप लगाएको थियो ।

उक्त रिसर्चले अदानी इन्टरप्राइजेज माथि यस्तै ८८ वटा प्रश्न उठाएको थियो । यस संगै अदानीको शेयरको मूल्य घट्न थालेको थियो ।

अदानी समुहले हिड्नवर्ग रिसर्च माथि कानुनी लडाई लड्ने दावी गरेको छ । भारतको व्यवसायिक क्षेत्रलाई नियतवश आक्रमण गरिएको दावी अदानीको छ । हिड्नवर्गले आफ्नो फाइदाका लागि यस्तो गरेको आरोप पनि छ ।

नेपालका व्यवसायीले पनि यस्तै गरेका होलान ?
हुन सक्छ । तर, नेपालको शेयर बजारमा ठुला व्यवसायी घरानाको खासै प्रभाव छ । नेपालको शेयर बजारमा बैंक तथा वित्तीय क्षेत्रको प्रभाव वढी छ । यस क्षेत्रमा तुलनात्मक रुपमा राम्रो अनुगमन हुदैं आएको छ ।

तर, नेपालमा नाम चलेका धनीहरु ऋण, उनीहरुको व्यवसाय, व्यवस्थापन गर्ने तौर तरिका हेर्दा शंका गर्न सकिने अवस्था भने छ । केही समय अगाडी नेपालमा रक्सीको ठुला कारोवारी कयौंको ऋण तिर्न नसकेर गायव भएका थिए । केही पुराना र ठुला व्यवसायीक धरानाको वित्तीय स्थितिको वारेमा पनि प्रश्नहरु छन् ।

विदेशमा लगानी गरेका नेपाली व्यवसायीहरुको वित्तीय रुपमा कति बलिया छन् ? भन्ने प्रश्न छ । एजेन्सी

शेयर गर्नुहोस:

1.5k
Shares