मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
मुख्य समाचार   

भारतका अर्बपती गौतम अडानीले एकै सातामै ४० अर्ब डलर गुमाए

भारतका अर्बपती गौतम अडानीले एकै सातामै ४० अर्ब डलर गुमाए


गौतम अदानी

भारतका धनी गौतम अडानीले एक साताको विचमै झण्डै ४० अर्व अमेरिकी डलर बरावरको सम्पत्ति गुमाएका छन् । उनले सम्पत्ति मात्र गुमाएनन एशियाको सवैभन्दा धनीको सुचीवाट पनि तल झरेका छन् । विश्वका १० अर्वपतिको सुची पनि वाहिरिएका छन् ।

एक सातामै यस्तो कसरी भयो । कारण थियो अडानी ग्रुपका वारेमा एक अमेरिकी रिसर्च फर्म हिंडनवर्गले सार्वजनिक गरेको रिपोर्ट । उक्त रिपोर्टमा अडानी समुह ऋणमा डुब्दै गरेको, यस समुह मातहत रहेका कम्पनीको शेयर मूल्य वास्तविकता भन्दा उच्च रहेको उल्लेख थियो । यो रिपोर्ट सार्वजनिक भए लगत्तै अडानी समुहका कम्पनीको शेयर मूल्यमा भारी गिरावट आउन थाल्यो । यही भएर अडानीको सम्पत्ति पनि घटेको हो ।

गत २७ जनवरीमा रिसर्च फम हिंडनवर्गले सार्वजनिक गरेको रिपोर्टमा अडानी इन्टरप्राइजेजका अधिकांश कम्पनी ऋणमा डुवेको उल्लेख छ । उक्त रिसर्च फर्मले अडानी इन्टरप्राइजेजका वारेमा १०६ पेज लामो रिपोर्ट सार्वजनिक गरेको थियो । हिंडनवर्ग शेयर बजारमा अल्पकालिन कारोवार गर्ने कम्पनी हो । अडानीले भने उक्त रिपोर्टको खण्डन गरेका छन् । शेयर कारोवारलाई प्रभावित गरेर फाइदा लिन यस्तो रिपोर्ट सार्वजनिक गरिएको उनको आरोप छ । रिपोर्टमा कुनै सत्यता नभएको पनि गौतम अडानीले दावी गरेका छन् ।

अडानी इन्टरप्राइजेजले शेयर बजारवाट थप पैसा उठाउन लागेको वेला यो रिर्पोट सार्वजनिक भएको थियो । यो रिर्पोट पछि नयां निष्काशन रद्द गर्ने र त्यहां जम्मा भएको पैसा फिर्ता दिने भएको छ ।

अडानी इन्टरप्राइजेजको शेयरको मूल्य वढेकाले अडानी धनीहरुको सुचीमा छिटो समयमा अग्रणी स्थानमा पुगेका थिए । तर, शेयरको मूल्य घटेपछि धनीको सुचीमा उनी अहिले १५ औं नम्बरमा पुगेका छन् । अहिलेपनि उनीसंग भएको सम्पत्तिको मूल्य करिव ७५ अर्ब डलर भने छ ।

भारतको गुजरातको अडानी समुह त्यहांका प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । उनलाई मोदीसंगको निकटतावाट फाइदा लिएको आरोप पनि लाग्ने गरेको छ । तस्बिर : सामाजिक संजाल