मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

तीन महिनामा दुई खर्ब ८१ अर्ब विप्रेपण भित्रियो

तीन महिनामा दुई खर्ब ८१ अर्ब विप्रेपण भित्रियो


काठमाडौँ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेपण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको छ । 
 
अमेरिकी डलरमा आप्रवाह ७।९ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । 
 
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या १२३.१ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा एक लाख ४७ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् । 
 
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६।२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ५७ हजार आठ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । 
 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १० अर्ब ४० करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो । रासस