मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नायगरा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुन आग्रह

नायगरा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुन आग्रह


मेरिका । हामी नेपाली ग्लोबलको आयोजनामा नायगरा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई आउन–जान तथा एक रात दुई दिनको खाने बस्ने व्यवस्था १०० डलरमा मिलाउने भएको छ ।
 
समाजले डिएक्सएन सेन्टरमा नेपाल फेस्टिवलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराउँदै यही अक्टोबर १ र २ मा आयोजना गर्न लागिएको नेपाल फेस्टिवलमा सहभागी हुन सबै नेपालीलाई अनुरोध गरेको छ ।
 
समाजका डाइरेक्टर अफ पब्लिक रिलेसन अफिसर तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक शोभाकान्त पाण्डेले आउने–जाने तथा एक रात दुई दिनका लागि बस्ने खाने खर्च १०० डलरमा मिलाउने जानकारी दिएका हुन् ।
 
संस्थाका अध्यक्ष अमृत लामाको अध्यक्षतामा गरिएको उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्र्याउन तथा नेपाली उत्पादन विश्व बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना गर्न लागेको जानकारी दिए । उनले उक्त कार्यक्रम विशुद्ध सामाजिक कार्य भएकोले यसलाई राजनीतिक तथा धार्मिकरुपमा नभएर नेपाल र नेपालीका लागि आयोजना गरिन लागिएको बताए ।
 
त्यस्तै फिप्नाका सभामुख सुवर्ण शाक्यले कार्यक्रम सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।
 
सोही कार्यक्रममा ल्भ्व्ब् कार्यबाहक सभापति मच्छे गुरुङले नेपालमा पर्यटक भित्र्याउन तथा नेपाली उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्नुपर्ने दायित्व सबैको हो भन्दै आयोजक कमिटीलाई आवश्यक सहयोग गर्ने भन्दै फेस्टिवल सफलताको शुभकामना दिएका थिए ।
 
त्यस्तै तमु सोसाइटी अफ अमेरिकाका सभापति तोरण गुरुङले अमेरिकामा रहेका नेपालीहरुको विभिन्न प्रकारका संस्था रहे पनि सबै नेपाली एकजुट भएर नेपाल र नेपालीको हितमा लाग्नुपर्ने बताए । उनले हामी नेपाली ग्लोबल उदाहरणीय रुपमा अगाडि बढेको भन्दै अन्य संस्थाले पनि समाजसँग मिलेर सहकार्य गर्नुपर्ने बताए ।
 
कार्यक्रममा युनाइटेट किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरका सभापति ममता खालिङ राईले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्र्याउनु पर्यटनको प्रवर्द्धन मात्र नभएर त्यसमा आवद्ध धेरैले रोजगारी पाउनेसमेत बताइन् ।