मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रवासी नेपाली एकता मञ्च र दी गुरुङ सोसाइटीको रक्तदान

प्रवासी नेपाली एकता मञ्च र दी गुरुङ सोसाइटीको रक्तदान


मेरिका । प्रवासी नेपाली एकता मञ्च अमेरिका र दी गुरुङ (तमु) सोसाइटी अमेरिकाको संयुक्त संयोजनमा न्यूयोर्कको ज्याक्सन हाइटस्मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
 
जुलाई २३ तारिख शनिबार सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका तर्फबाट  अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा, महासचिव शंकर पन्तसहितका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने संस्थाका राज्य कमिटी अध्यक्ष सौमेन्द्र रञ्‍जित, सचिव देवकी पन्त, कोषाध्यक्ष उमा तामाङ्गको विशेष सक्रियता थियो । 
 
दी गुरुङ (तमु)  सोसायटी अमेरिकाका अध्यक्ष तोरण गुरुङसहितका पदाधिकारीहरुको सक्रियता प्रशंसायोग्य थियो । रक्तदातादेखि आगन्तुकहरुलाई फलफूल तथा खाना खुवाउने कामले कार्यक्रमको रौनक नै थपेको थियो । 
 
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्टदेखि अन्य थुप्रै विशिष्टहरु रक्तदानदेखि कार्यक्रममा रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेको देखिएको थियो । 
 
रगत अभावको यस समयमा गर्मीको अलावा पनि यति रक्तदान हुनु उल्लेख्य उपलब्धि भएको भन्दै आयोजकहरुलाई रगत संकलक संस्थाले धन्यवाद दिएको थियो भने रक्तदाताहरुलाई आयोजक संस्थाका पदाधिकारीहरुले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।