मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन : अर्थमन्त्री

बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन : अर्थमन्त्री


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन् । 
 
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताए । 
 
उनले भने, “अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ । एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो । करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ । यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो ।”
 
उनले बजेटका गोपनीयता कायम राखिएको स्पष्ट पारे । “कुनै गोपनीयता भङ्ग भएको छैन । सम्बन्धित तहका कर्मचारीले नै बजेट बनाउने हो । म जवाफदेही छु । जिम्मेवार छु । बजेटमा राष्ट्रघात होइन, स्थिरतातर्फ लैजाने गरी मार्गदर्शन गरिएको छ ।” 
 
यस्तै, अर्थमन्त्रीले कोरोना बिमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिए । रासस